YouTube Link

दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नुपर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी

Khanepani Dhal
Facebook Link

एजेन्सी: अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनुपर्ने बताएका छन् । दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नुपर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ ।

सेना प्रमुखका अनुसार सन् २००४ मा नियुक्त भएका राष्ट्रपति बतेफ्लिका संविधानको धारा १०२ मा रहेर गम्भीर र लामो समयको विरामीको कारण संसदमा मतदान गरेर अयोग्य घोषणा गर्न सकिने छ । तर धेरै विपक्षी दलहरूले सेना प्रमुखको उक्त अभिव्यक्तिको आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन चेतावनी दिएका छन् । सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ ।

राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले करिब एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि अल्जेरियामा प्रदर्शनहरु जारी रहेको छ । पछि उनले आफ्नो मनशाय बदलेको बताए पनि प्रदर्शनका शृङ्खला रोकिएको थिएन । उनको राजिनामाको माग गर्दै प्रदर्शन जारी रह्यो । ८२ वर्षीय नेता ह्विलचेयरको प्रयोग गरेर हिँड्डुल गर्नु पर्ने र उनी कमै मात्र सर्वसाधारणका बीचमा आउने गरेका छन् । सन् २०१३ मा उनलाई हृदयघात समेत भएको थियो । ह्रदयघात भएपछि उनी उपचारका लागि फ्रान्स र स्विट्जरल्याण्ड पुगिसकेका छन् । गत मार्च ११ मा मात्र स्विट्जरल्याण्डमा उपचारपछि उनी घर फर्किएका थिए ।

उल्लेख्य मात्रामा अल्जेरियालीहरू रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएको थियो । तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नभएकाले धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन् । जारी प्रदर्शनका क्रममा ३० वर्षभन्दा कम उमेरका मानिसहरू आधाजसो रहेको बताइएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५ प्रारम्भ

वि.सं.२०८१ पुस १७ बुधवार ०७:३५

काठमाडौं: ग्रेगोरियन पात्रो अनुसार आजबाट नयाँ वर्ष इस्वी संवत् २०२५...

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना, २८ जनाको मृत्यु

वि.सं.२०८१ पुस १४ आइतवार ०८:१४

एजेन्सीः दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान...

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी ५ दिने भ्रमणमा नेपाल आउँदै

वि.सं.२०८१ कात्तिक २९ बिहीवार १२:०५

काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने...

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै, कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान

वि.सं.२०८१ कात्तिक २० मंगलवार ०८:५०

काठमाडौं: अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।...

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा परी पूर्वी लेवनानमा ६० जनाको मृत्यु

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १२:३६

एजेन्सी: लेवनाको पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई...