YouTube Link

दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नुपर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी

Facebook Link

एजेन्सी: अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनुपर्ने बताएका छन् । दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नुपर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ ।

सेना प्रमुखका अनुसार सन् २००४ मा नियुक्त भएका राष्ट्रपति बतेफ्लिका संविधानको धारा १०२ मा रहेर गम्भीर र लामो समयको विरामीको कारण संसदमा मतदान गरेर अयोग्य घोषणा गर्न सकिने छ । तर धेरै विपक्षी दलहरूले सेना प्रमुखको उक्त अभिव्यक्तिको आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन चेतावनी दिएका छन् । सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ ।

राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले करिब एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि अल्जेरियामा प्रदर्शनहरु जारी रहेको छ । पछि उनले आफ्नो मनशाय बदलेको बताए पनि प्रदर्शनका शृङ्खला रोकिएको थिएन । उनको राजिनामाको माग गर्दै प्रदर्शन जारी रह्यो । ८२ वर्षीय नेता ह्विलचेयरको प्रयोग गरेर हिँड्डुल गर्नु पर्ने र उनी कमै मात्र सर्वसाधारणका बीचमा आउने गरेका छन् । सन् २०१३ मा उनलाई हृदयघात समेत भएको थियो । ह्रदयघात भएपछि उनी उपचारका लागि फ्रान्स र स्विट्जरल्याण्ड पुगिसकेका छन् । गत मार्च ११ मा मात्र स्विट्जरल्याण्डमा उपचारपछि उनी घर फर्किएका थिए ।

उल्लेख्य मात्रामा अल्जेरियालीहरू रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएको थियो । तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नभएकाले धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन् । जारी प्रदर्शनका क्रममा ३० वर्षभन्दा कम उमेरका मानिसहरू आधाजसो रहेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...