Health Ad
YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ताको लगातार दोस्रो जित

Khanepani Dhal
Facebook Link

काठमाडौं: कोलकत्ता नाइट राइडर्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्दै दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकत्ताले लगातार दोस्रो जित निकालेको हो । कोलकत्तास्थित इडेन गार्डेनमा घरेलु टोलीले दिएको २ सय १९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । पन्जाबका लागि मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै डेभिड मिल्लरले अविजित ४३ रन बनाए । क्रिस गेल २० रनमा आउट भए । कोलकत्ताका आन्द्रे रुसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । कोलकत्ताको फराकिलो स्कोरमा नितिश राना र रोबिन उथप्पाले अर्धशतकीय इनिङ्स खेले । रोबिन ६७ रनमा अविजित रहदा नितिशले ६३ रनको योगदान दिए ।

यस्तै आन्द्रे रुसलले ४८ तथा सुनिल नारिनेले २४ रन बनाए । पन्जाबका मोहमद सामी, भरुण चक्रवर्ती,हार्डुस भिल्जोइन र एन्ड्रयु जेम्सले एक एक विकेट लिए । जितसंगै कोलकत्ताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ताले घरेलु मैदानमा भएको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो । रविचन्द्र आश्विनको कप्तानीमा रहेको पन्जाबको यो पहिलो हार हो । पन्जाबले २ खेलबाट २ अंक जोडेको छ । पन्जाबले पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गरेको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...