गर्मीमा कोरोना संक्रमण कम हुन्छ भन्ने कुरा गलतः डब्लूएचओ
वि.सं.२०७७ जेठ २९ बिहीवार ०९:२१
1.3K
shares
एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तापक्रम बढ्दा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ । डब्लूएचओका आपात्कालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन् ।
उनले भनेका छन्- ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने ।’ यसको अर्थ कोरोनालाई गर्मी वा जाडो मौसमले खासै फरक पार्दैन । गति उस्तै रहन्छ । कोरोना महामारीको सुरुवातीमा केही अनुसन्धानकर्ताले मौसम गर्मी भएपछि कोरोना संक्रमण पनि कम हुन्छ भन्ने ठानेका थिए । तर कोरोना संक्रमण जुन गतिमा फैलिरहेको छ, त्यसले यो मान्यता पनि गलत साबित गरेको उनको भनाइ छ ।
वि.सं.२०७७ जेठ २९ बिहीवार ०९:२१




















