कोरोना कहर: विश्वभर ३ लाख २० हजारभन्दा बढीको मृत्यु, ४८ लाख ९१ हजारभन्दा बढी संक्रमित
वि.सं.२०७७ जेठ ६ मंगलवार ०९:२९
1.6K
shares
एजेन्सी: कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख २० हजार १ सय ३७ जनाको मृत्यु भएको छ । विश्वका २ सय १३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४८ लाख ९१ हजार ४ सय १९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ लाख ७ हजार ४ सय २३ जना संक्रमणबाट निको भएका छन् ।
बितेको २४ घण्टामा ३ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार ६ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख ६२ हजार ९ सय ७ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ७ सय ५४ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६३ हजार ६ सय १९ जनाको मृत्यु भएको छ । १७ लाख ९७ हजार ५ सय २८ जना संक्रमित भएकोमा ७ लाख ८१ हजार ६ सय २ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४ हजार ७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १० हजार ४० पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २५ हजार १ सय ११ जनाको मृत्यु भएको छ । ८ लाख १८ हजार ९ सय ४७ जना संक्रमित भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा २४ हजार ५४ जनाको मृत्यु भएको छ । ४ लाख ५९ हजार ९ सय ७२ जना संक्रमित भएका छन् ।
अफ्रिकी मुलुकहरुमा २ हजार ८ सय ४९ जनाको ज्यान गएको छ भने ९० हजार ७४ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १ सय २० जनाको मृत्यु भएको छ । ८ हजार ६ सय ६३ जना संक्रमित भएका छन् । कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९१ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । १५ लाख ४९ हजार ३ सय ३४ जना संक्रमित भएका छन् ।
वि.सं.२०७७ जेठ ६ मंगलवार ०९:२९



















