कोरोना संक्रमणबाट भारतमा एकै दिन एक सय जनाको मृत्यु
वि.सं.२०७७ वैशाख २१ आइतवार ०९:०६
1.3K
shares
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोना भाईरसको प्रभाव बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा एक सय जनाको ज्यान गएको कोरोनाको अपडेट दिँदै आएको वल्डोमिटर्सले जनाएको छ ।
भारतमा एकै दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै उच्च हो । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । यस्तै, भारतमा शनिबार कोरोना संक्रमित पनि अहिलेसम्मकै धेरै मात्रामा फेला परेका छन् । भारतमा २४ घण्टामा २ हजार ४ सय ४२ जना नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ ।
भारतमा हालसम्म ९ लाख ७६ हजार ३ सय ६३ को कोरोना परीक्षण गरिएको छ । संक्रमित मध्ये हालसम्म १० हजार ८ सय १९ संक्रमितहरु उपचार पछि घर फर्किसकेका छन् ।
वि.सं.२०७७ वैशाख २१ आइतवार ०९:०६



















