कोरोना भाइरसका कारण विश्वभर आधा अर्ब मानिस गरिबीमा धकेल्ने राष्ट्रसंघको प्रक्षेपण
वि.सं.२०७६ चैत २८ शुक्रवार १२:४०
1.4K
shares
काठमाडौं: कोरोना भाइरसका कारण खस्कँदो अर्थतन्त्रको प्रत्यक्ष प्रभाव मानिसको दैनिक जीवनमा परेको छ । जसका कारण विश्वभर गरिबीको संख्या बढ्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । ‘ग्लोबल क्राइसिसमा फाइनान्सियल एन्ड ह्युमन कस्ट सम्बन्धी’ अध्ययनले कोरोनाका कारण विश्वभर आधा अर्ब मानिसलाई गरिबीमा धकेल्ने देखाएको राष्ट्रसंघले प्रक्षेपण गरेको छ ।
पछिल्लो ३० वर्षयता उक्त दरमा गरिबी बढेको यो पहिलो पटक भएको सो अध्ययनको लेखन किङ्स कलेज लण्डन र अस्ट्रेलियन नेसनल युनिभर्सिटीले गरेको बीबीसीलाई उद्दृत गर्दै द टाइम्स अफ इन्डियाले लेखेको छ । प्रतिवेदनमा कोरोनाको संकट सकिँदा विश्वभर ४ सयदेखि ६ सय मिलियन मानिस गरिबीमा धकेलिने उल्लेख छ ।
शुक्रबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १६ लाख नाघिसकेको छ । त्यस्तै सो भाइरसका कारण ९५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।
वि.सं.२०७६ चैत २८ शुक्रवार १२:४०



















