YouTube Link

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इतिहासमै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर

Facebook Link

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो आर्थिक राहत प्याकेजमा हस्ताक्षर गरेका छन्‌ । विश्वव्यापी महामारी निम्ताएको कोरोना भाइरसका कारण अर्थतन्त्र र जनजीवन तहसनहस हुन लागेपछि राष्ट्रपति ट्रम्पले २६ नील ४० खर्ब नेपाली रूपैयाँ (२.२ ट्रिलियन अमेरिकी डलर) बराबरको आर्थिक प्याकेज ल्याएका हुन्‌ ।

अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरूले ट्रम्पद्वारा प्रस्तावित सो राहत प्याकेज सम्बन्धी विद्येयकलाई पारित गरिसकेका छन्‌ । विद्येयक पारित भएसँगै अब वार्षिक कूल ७५ हजार अमेरिकी डलर कमाउने मानिसलाई सरकारले सोझै १२ सय डलर दिनेछ । १ लाख ५० हजार डलरभन्दा बढी कमाउने गरेका विवाहित व्यक्तिले २४ सय डलर पाउनेछन्‌ । बच्चाका लागि थप पाँच सय डलर दिइनेछ ।

कोरोना संक्रमण रोकथाम र निदानका लागि कडा कोशिसमा जुटिरहेका अस्पतालहरूले पनि अर्बौ डलर पाउने भएका छन्‌ । राज्य तह र स्थानीय सरकारहरूलाई पनि कोरोना नियन्त्रण र रोकथाम एवम्‌ अर्थतन्त्र सुधारका लागि यो सहायता प्रवाह गरिनेछ ।

कोरोना संक्रमणका कारण अमेरिकामा हालसम्म १ हजार ६ सय ९५ जनाको ज्यान गइसकेको छ भने १ लाख ४ हजार १ सय ४२ जनामा संक्रमण भइसकेको छ । संक्रमितको संख्या बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अमेरिका संक्रमणको नयाँ केन्द्रविन्दु बन्नक सक्ने चेतावनी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...