YouTube Link

सुकचको आयोजनामा ‘कोँइच उत्सव-२०७६’ सम्पन्न, विभिन्न कलाकारहरुको प्रस्तुतीमा झुमे दर्शक

Facebook Link

काठमाण्डौं: होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको प्रस्तुतिमा सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको आयोजनामा ‘कोँइच उत्सव -२०७६’ सम्पन्न भएको छ । शनिबार सुनुवार सेवा समाजको भवनमा आयोजित कार्यक्रममा किराँत कोइँच सुनुवारहरुको महान् पर्व श्याँदरको अवसर पारेर शुभ-कामना आदान-प्रदान गरिएको थियो ।

सुनुवार सांस्कृतिक झाँकी सहित सुरु भएको कार्यक्रममा विभिन्न कलाकर्मीहरुले आ-आफ्नो प्रस्तुति दिएका थिए । उत्सवमा नेपालका शिव मुखिया सुनुवार सम्मिलित चर्चित ब्याण्ड ‘द एक्स ब्याण्ड’, का साथमा गायिका पूजा सुनुवार, गायक महेश मुखिया सुनुवार, गायिका कल्पना सुनुवार, गायिका पुष्पा सुनुवार, हिपप आर्टिष्ट कोइँच जि, नृत्यकार बृहशमान सुनुवार, पूजा सुनुवार लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

 

 

 

कार्यक्रममा कोँइच सुनुवारको भेषभुषा लगाउने उत्कृष्ट एक पुरुष र एक महिलालाई बेस्ट ड्रेसबाट पुरस्कृत गरिएको थियो भने उत्सव अवलोकानकर्ताहरुलाई गोलाप्रथा मार्फत अवलोकनका लागी बिक्रि गरिएको टिकटको अर्धकट्टीबाट गोलाप्रथा गरी प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

होलिस्टिक हस्पिटल तथा रिसर्च सेन्टरको सहयोगमा नि:शुल्क स्वास्थ्य परिक्षण, फेस पेन्टिङ, नेपाली मौलिक परिकार, भेषभुषा, पुस्तक तथा विभिन्न सामाग्रीहरुको पनि स्टल समेत राखिएको थियो । उत्सवको मुख्य उद्देश्य कोइँच सुनुवार जातिको कला, संस्कृति, भाषा, भेषभुषा, धर्म, रहन सहन र चाड पर्वको बारेमा जानकारी गराउनुका साथै सुनुवार संस्कृतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्ध गर्ने रहेको आयोकले जानकारी दिएको छ ।

उत्सवको सह-प्रायोजकमा होलिस्टिक हेल्थ, गोर्खा डेस्टिनि ट्रेनिङ सेन्टर, हिमालयन बिड्स प्रा.लि., किङ गोर्खा ट्रेनिङ सेन्टर, एट नोट म्यूजिक स्कुल रहेको छ । हस्पिटालिटी पार्टनरमा सुनुवार विद्यार्थी समाज, संघीय समिति तथा माउल्डिङ माइण्डस् मोन्टेश्वरी र भ्येन्यु पार्टनरमा ब्राईट गोर्खा ट्रेनिङ सेन्टर तथा सुनुवार सेवा समाज संघीय समिति रहेको छ । त्यसैगरी ईन्डिजिनियस टेलिभिजन, सुनुवार डट ओआरजी, अखबार नेपाल डटकम, अखबार टाईम्स साप्ताहिक, अगुल्टो साप्ताहिक, साथी डट न्यूज मिडिया पार्टनर रहेका थिए ।

(तस्बीर साभार: इँगिहोपो कोँइच सुनुवारको फेसबुकबाट)

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...