YouTube Link

तीन दिने चौथो आदिवासी चलचित्र महोत्सव आजबाट

World Cup 2026
Facebook Link

 

काठमाडौं: आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तीन दिने चौथो आदिवासी चलचित्र महोत्सव २०८१ राष्ट्रिय सभागृहमा आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य एवं उप-सभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा दिउँसो दुई बजे महोत्सवको उदघाटन गरिने कार्यक्रम रहेको छ ।

 

महासंघले आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति चलचित्रहरुको प्रवर्द्धन तथा संम्बर्द्धन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । २०७६ सालदेखि प्राकृतिक महामारीको कारण आयोजना गर्न नसकिएको महोत्सव यस वर्षदेखि पुनः सुचारु गर्न लागिएको महासंघका अध्यक्ष पूर्खजित राईले बताए । चलचित्रको माध्यमबाट आदिवासी जनजातिहरुको मौलिक कला-संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवर्द्धनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘चौथो आदिबासी चललिचत्र मोहत्सव २०८१’ ले सहयोग गर्ने अध्यक्ष राईले बताए ।

 

महोत्सवमा जातिय संस्थाबाट छनौट भई आएका आदिवासी जानजाति मातृभाषी चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने छ । यस महोत्सवमा सहभागिता जनाउने चलचित्रहरुलाई बिभिन्न ८ वटा विधामा अवार्ड प्रदान गरिने पनि अध्यक्ष राईले बताए । उत्कृष्ट चलचित्रलाई नगद रु. २० हजार उत्कृष्ट वृतचित्र १० हजार र उत्कृष्ट सर्टफिल्म १० हजार सहित प्रमाण-पत्र प्रदान गरिनेछ भने पब्लिक च्वाईस अवार्ड पाउँनेलाई रु. ३५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ ।

 

तीन दिने चलचित्र महोत्सवमा आदिवासी मौलिक खानाको स्टल, मौलिक आदिवासी भेषभुषा, आदिवासी फोटो प्रदर्शन, मौलिक आदिवासी र्याम्प वक, मौलिक विभिन्न जातिको झाँकीको साथमा सास्कतिक कार्यक्रम समेत हुनेछ । नर्भिक अन्तराष्ट्रिय अस्पताल संगको सहकार्यमा जेनरल स्वास्थ्य शिविर, रक्तदान, कार्यक्रम समेत सञ्चालन गरिनेछ ।

 

चौथो आदिवासी चलचित्र महोत्सवमा चलचित्र बिकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य वैंक, नेपाल टेलिकम, नर्भिक अन्तराष्ट्रिय अस्पताल, माडवाडी सेवा समितिको सहकार्य रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...