Texas College
YouTube Link

दोहोरी गीत प्रतिष्ठान रमेश बिजीको नेतृत्वमा

Facebook Link

पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् । ५ सय ८४ मत पाएर बि.जी निर्वाचित हुँदा खत्रीले ५ सय ४५ मत पाएका थिए ।

त्यस्तै कोषाध्यक्षमा राजु ढकाल निर्वाचित भए । प्रतिस्पर्धी तारापति सुवेदीलाई पराजित गर्दे ढकाल निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ७ सय ७२ र सुवेदीले ७ सय ३५ मत प्राप्त गरेका थिए । प्रतिष्ठानको सह कोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी भए ।

सात जना सचिवमध्ये खुलामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जि.सी, वसन्त थापा र पुश्कल शर्मा निर्वाचित भएका छन् । निर्वाचनमा महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना विजयी भएका छन् । त्यस्तै खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर विजयी भएका हुन् ।

सहमतिका लागि भएको प्रयास असफल भएपछि प्रतिष्ठानको अध्यक्षसहित केही पदमा निर्वाचन भएको हो । निर्वाचनअघि रिता थापा वरिष्ठ उपाध्यक्ष, पशुपति शर्मा प्रथम उपाध्यक्ष, रामजी खाँड द्वितीय उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्ष, दीपक खड्का तृतीय उपाध्यक्ष, सुवास केसी महासचिव, शंकर बिसी उपमहासचिव, शिव हमाल उपमहासचिव, खुमन अधिकारी सांगठनिक सचिव, जमुना राना मगर महिला सचिव र पूर्णकला बिसी सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो…’ बोलको गीत सार्वजानिक

वि.सं.२०८२ पुस २५ शुक्रवार १६:१६

काठमाडौं: गायक महेश मुखिया सुनुवारको ‘हिमाली भेगमा हिउँ पर्यो जाडो...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले डिलाइट च्यारिटी म्यूजिक शो गरेर मनाए क्रिशमस डे (फोटो समाचार)

वि.सं.२०८२ पुस ११ शुक्रवार १२:२५

काठमाडौं: अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाले क्रिशमस डेको...

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

वि.सं.२०८२ असोज १४ मंगलवार १२:२४

काठमाडौं: नव गायक निर्मल तामाङले 'आमा…' बोलको अनप्लग गीत लिएर...

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

गीतकार टेक तामाङको नवीन प्रस्तुति ‘जित्नेहरुको पनि हजार-हजार हार हुन्छ’

वि.सं.२०८२ असोज ९ बिहीवार १२:०६

काठमाडौं: भावनामा बहेर सिर्जना गर्नुपर्ने गीत अनि कहिलेकाहीँ कठोर र...