YouTube Link

दोहोरी गीत प्रतिष्ठान रमेश बिजीको नेतृत्वमा

Khanepani Dhal
Facebook Link

पोखरामा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनमा रमेश बि.जी अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी विष्णु खत्रीलाई हराउँदै बि.जी निर्वाचित भएका हुन् । ५ सय ८४ मत पाएर बि.जी निर्वाचित हुँदा खत्रीले ५ सय ४५ मत पाएका थिए ।

त्यस्तै कोषाध्यक्षमा राजु ढकाल निर्वाचित भए । प्रतिस्पर्धी तारापति सुवेदीलाई पराजित गर्दे ढकाल निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ७ सय ७२ र सुवेदीले ७ सय ३५ मत प्राप्त गरेका थिए । प्रतिष्ठानको सह कोषाध्यक्षमा ईश्वरीप्रसाद भुसाल, प्रशासनिक सचिवमा कृष्ण रेउले विजयी भए ।

सात जना सचिवमध्ये खुलामा जीवन दाहाल, रमेशराज भट्टराई, कुलेन्द्र विश्वकर्मा, हरि डाँगी, प्रचण्ड जि.सी, वसन्त थापा र पुश्कल शर्मा निर्वाचित भएका छन् । निर्वाचनमा महिला केन्द्रीय सदस्यमा सम्झना लामिछाने मगर, जानकी तारमी मगर, अञ्जली अधिकारी, जुना श्रीष मगर, अमृता लुंगेली मगर, सरला पाण्डे र सीता राना विजयी भएका छन् । त्यस्तै खुला केन्द्रीय सदस्यमा देवी घर्ती, पीएन सापकोटा, प्रकाश सपुत, पुरुषोत्तम भण्डारी, प्रकाश भट्ट, याम क्षेत्री, विमल अधिकारी, महेन्द्र गौतम, दीपक गरौजा मगर, सागर गुरुङ, विक्रम थापा र युवराज मगर विजयी भएका हुन् ।

सहमतिका लागि भएको प्रयास असफल भएपछि प्रतिष्ठानको अध्यक्षसहित केही पदमा निर्वाचन भएको हो । निर्वाचनअघि रिता थापा वरिष्ठ उपाध्यक्ष, पशुपति शर्मा प्रथम उपाध्यक्ष, रामजी खाँड द्वितीय उपाध्यक्ष, राधिका हमाल महिला उपाध्यक्ष, दीपक खड्का तृतीय उपाध्यक्ष, सुवास केसी महासचिव, शंकर बिसी उपमहासचिव, शिव हमाल उपमहासचिव, खुमन अधिकारी सांगठनिक सचिव, जमुना राना मगर महिला सचिव र पूर्णकला बिसी सहकोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०६:१४

काठमाडौं: किरातीहरुको महान् पर्व साकेला उभौली, ष्याँदर-पिदारको अवसरमा कुवेतमा हुने...

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

वि.सं.२०८२ वैशाख २४ बुधवार १६:२८

काठमाडौं: सुनुवार कोइँचहरुको ष्याँदर सलाकको गीति भिडियो यूट्युव च्यानल मार्फत...

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

वि.सं.२०८२ वैशाख २३ मंगलवार १३:३६

काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सबै लिङ्ग, जातजाति र...

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

वि.सं.२०८२ वैशाख १७ बुधवार १०:१८

अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा ...

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

वि.सं.२०८१ फागुन ११ आइतवार ०९:३५

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको...