YouTube Link

हिरासतमा बस्न नमानेपछि अनमोल केसी अस्पताल भर्ना, कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ ?

Facebook Link

 

काठमाडौं: आपराधिक विश्वासघातको आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत बस्न नमानेपछि महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् ।

 

उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई शुक्रबार राति नै अस्पताल भर्ना गरिएको हो । दोलखा पुगेर फर्किंदै गर्दा बाटोबाटै प्रहरीको नियन्त्रणमा परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्ने तयारी थियो । तर उनले आफूलाई हिरासत नराख्न पटक–पटक आग्रह गरेपछि प्रहरीले सुरक्षासहित चिरायु अस्पताल भर्ना गराएको हो ।

 

उनी अहिले चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । उनको सुरक्षामा एक जना प्रहरी अधिकारी पनि खटाइएको छ । अनमोललाई आईतबार जिल्ला अदालत काठमाडौं उपस्थित गराइने तयारी छ । अदालतले अनुमति दिए हिरासतमै राखेर प्रहरीले थप अनुसन्धान अघि बढाउनेछ । तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आइतबार नै छुट्ने सम्भावना छ ।

 

‘रावायण’ नामको फिल्मको अभिनयका लागि अनमोलले निर्मातासँग १० लाख रुपैयाँ लिइसकेका थिए । अनमोल र निर्माताबीचको सम्झौता अनुसार बुधबारदेखि नै फिल्म सुटिङ सुरु भइसक्नु पर्ने हो । तर फिल्म सुटिङ सुरु गर्ने बेलामा अनमोलले आलटाल गरेपछि निर्मातासँग विवाद बढेको थियो । त्यसपछि अनमोलविरुद्ध जाहेरी दिन निर्माता पक्ष उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेको थियो ।

 

प्रहरीले दावी गरेजस्तो अनमोलले आपराधिक विश्वासघात गरेको पुष्टी भए उनलाई कैद सजाय हुने छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २५२ मा आपराधिक विश्वासघात गर्न नहुनेबारे उल्लेख छ । ‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा र अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्‍याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याएमा आपराधिक विश्वासघात भएको मानिने’ उल्लेख छ ।

 

उक्त दफाको उपदफा ३ मा सजायबारे उल्लेख छ, ‘कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइ दिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने’ भनिएको छ ।

 

त्यसबाहेक ‘अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने’ भनिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...