Rajshow Bivag

बेलायतमा रेड कार्पेट सहित नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो हुँदै

Departmant of helth services

 

काठमाडौं: तेक्वान्दो खेलाडी एबम् भूतपूर्व ब्रिटिश आर्मी राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा रेड कार्पेट सहित हुने भएको छ ।

 

बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा यही २७ अगष्टका दिन नेपाली सिने जगतका अधिकांश चर्चित लोकप्रिय कलाकारहरुको बाक्लो उपस्थितिमा चलचित्रको प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ ।

 

रेड कार्पेट सहितको बिशेष प्रिमियर शोमा कलाकारहरुको साथै बेलायतमा रहेका बिशिष्ट ब्यक्तित्वहरुको पनि बिशेष उपस्थिति रहने छ ।

 

चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा पनि चलचित्रको प्रदर्शन गरिने चलचित्रका निमार्ता एबम् कलाकार राज कुमार राईले बताए ।

 

नेपाल लगायत बिभिन्न देशमा समेत छायांकन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास आयोजक पक्षको रहेको छ ।

 

युवराज राई (वीरबहादुर)द्वारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ ।

 

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पुर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

को हुन् राजकुमार राई ?

चलचित्र ‘सोल अफ द कमाण्डो’ का अभिनेता राजकुमार राई कलाकारसँगै उनी कुशल खेलाडीका साथै ब्रिटिस आर्मीका भूतपूर्व वास्तविक कमाण्डर समेत हुन् । बि.स.२०५६ सालमा नेपालमा आयोजित आठौं साफ गेममा उनले नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएका थिए ।

 

ग्राण्ड मास्टर सातौं डन समेत रहेका उनी सन् १९८६ मा कोरियामा आयोजित दशौं एशियन खेलमा कांस्य पदक विजेता हुन । उनी नेपाल सरकारबाट गोरखा दक्षिण बाहु पाँचौं पदक र तेश्रो पदक सम्मानबाट विभुषित व्यक्तित्व पनि हुन् ।

 

कुशल लेखकका रुपमा समेत आफ्नो परिचय स्थापित गरेका उनी अभिनेता, खेलाडी तथा चलचित्रका निर्माता रुपमा परिचित छन । नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान लगायतका देशमा उनले कयौं खेल जितेका छन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:५६

  काठमाडौं: आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज...

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०५:२९

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

दुई दिने नेपाल भ्रमणमा आएका कतारी राजा स्वदेश फर्किए

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:२५

  काठमाडौं: दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा अमिर...

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

नेपाल-कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:११

  काठमाडौं: नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा...

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

नेपाल-कतारबीचको मैत्री सम्बन्धलाई अझ सबल र मजबुत बनाउनुपर्नेमा जोड

वि.सं.२०८१ वैशाख १२ बुधवार १६:०३

  काठमाडौं: नेपालको राजकीय भ्रमणका क्रममा मित्रराष्ट्र कतारका राजा अमिर...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

  काठमाडौं: बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय...