YouTube Link

बेलायतमा रेड कार्पेट सहित नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो हुँदै

Facebook Link

 

काठमाडौं: तेक्वान्दो खेलाडी एबम् भूतपूर्व ब्रिटिश आर्मी राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा रेड कार्पेट सहित हुने भएको छ ।

 

बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा यही २७ अगष्टका दिन नेपाली सिने जगतका अधिकांश चर्चित लोकप्रिय कलाकारहरुको बाक्लो उपस्थितिमा चलचित्रको प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जानकारी दिएको छ ।

 

रेड कार्पेट सहितको बिशेष प्रिमियर शोमा कलाकारहरुको साथै बेलायतमा रहेका बिशिष्ट ब्यक्तित्वहरुको पनि बिशेष उपस्थिति रहने छ ।

 

चलचित्रको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा पनि चलचित्रको प्रदर्शन गरिने चलचित्रका निमार्ता एबम् कलाकार राज कुमार राईले बताए ।

 

नेपाल लगायत बिभिन्न देशमा समेत छायांकन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ले नेपाली चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास आयोजक पक्षको रहेको छ ।

 

युवराज राई (वीरबहादुर)द्वारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन । एक आर्मी संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ ।

 

चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पुर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

को हुन् राजकुमार राई ?

चलचित्र ‘सोल अफ द कमाण्डो’ का अभिनेता राजकुमार राई कलाकारसँगै उनी कुशल खेलाडीका साथै ब्रिटिस आर्मीका भूतपूर्व वास्तविक कमाण्डर समेत हुन् । बि.स.२०५६ सालमा नेपालमा आयोजित आठौं साफ गेममा उनले नेपाललाई तेक्वान्दोमा स्वर्ण पदक जिताएका थिए ।

 

ग्राण्ड मास्टर सातौं डन समेत रहेका उनी सन् १९८६ मा कोरियामा आयोजित दशौं एशियन खेलमा कांस्य पदक विजेता हुन । उनी नेपाल सरकारबाट गोरखा दक्षिण बाहु पाँचौं पदक र तेश्रो पदक सम्मानबाट विभुषित व्यक्तित्व पनि हुन् ।

 

कुशल लेखकका रुपमा समेत आफ्नो परिचय स्थापित गरेका उनी अभिनेता, खेलाडी तथा चलचित्रका निर्माता रुपमा परिचित छन । नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, ईरान लगायतका देशमा उनले कयौं खेल जितेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...