YouTube Link

“तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६” हुँदै

Facebook Link

काठमाडौं: तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ यहि जेठ २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा हुने भएको भएको छ । उक्त महोत्सव नेपाल आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा हुन लागेको पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

 

महासंघले आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति चलचित्रहरुको प्रवर्द्धन तथा संवर्द्धन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रम सहित विगत दुई वर्षदेखि आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्दै उत्कृष्ट चलचित्रलाई अवार्ड वितरण गर्दै आईरहेको महासंघका अध्यक्ष अमृतबहादुर सुनुवारले जानकारी दिए । हालसम्म सात सयभन्दा बढी कथानक आदिवासी चलचित्र र पाँच सय भन्दा बढी छोटो चलचित्र र डकुमेन्ट्री निर्माण भईसकेको विज्ञप्तीमा उल्लेख छ ।

 

राज्यले सम्बन्धित निकायमा चासोका साथ यसलाई प्राथमिकता दिई अवसर प्रदान गर्ने हो भने आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुको साथै नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने विश्वासका साथ महासंघले तीन दिवसीय आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

 

महोत्सवमा आदिवासी जनजाति चलचित्र, बृत्तचित्र र छोटा चलचित्र गरी २० वटा चलचित्र प्रदर्शन गरिने जनाएको छ । महोत्सवमा आदिवासी जनजाति चलचित्रको वस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिवासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिवासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदिको स्टलहरु पनि राखिने जनाएको छ ।

 

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रहरुलाई दर्शकहरुबाट छनोट गरिएको उत्कृष्ट चलचित्रलाई पब्लिक च्वाईस आवार्ड, उत्कृष्ट आदिवासी जनजाति चलचित्र (जुरी अवार्ड), अभिनय तर्फ महिला/पुरुष उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट छायाँकार गरी जम्मा छ विधामा अवार्ड पनि वितरण गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

 

महोत्सवमा सहभागी चलचित्रहरु:
म्ले क्यु (गुरुङ), रिजेनासा (गुरुङ), मोङो डोङो-२ (माझी), द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा), पुल्टी (राजवंशी), यारी (राई), वाम्बुले राई संस्कार (राई), छेँगु (सुनुवार), आङा थेबा (तामाङ), झुमरा नाच (थारु), खुर्पेटो (मगर), साङ्गेला ध्रान (तामाङ), कृषा गौतमी (नेवार), नौलिन भद्रकाली जात्रा (नेवार), तिनपाने (मगर), के (लिम्बु), धुर्सा (तामाङ), के साङ्ला (लिम्बु), निप्हुगाल (भुजेल) र सिरुवा पावैन (थारु) रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...