YouTube Link

मधौरो समय

Facebook Link

प्रिय भाइ !!!
म यतिबेला बिनायो र
मुचुङ्गाको मीठो धुन
बजाउन छाडेकी छु
न त लेख्न सक्छु
कविताका हरफहरु नै
न सुसेल्न सक्छु
जीवनको लय!!
न त सुनिन्छ-गाउँमा नै
कुनै मङल धुन।

खै ! कसरी एक्कासी उडाइ लग्यो ?
यो महामारीले यो दुनियाँको रङ
हिजो मात्र मुलघरे साइला रुदै आएको थियो
उतै कतारमा छोरो
यहि महामारीले बित्यो रे
माथ्लो घर जेठि आमाको बेथा उस्तै छ
छोरो मलेसियामा भेन्टिलेटरमा छ रे!

यता हाम्रो त कुरै नगरौ!
एउटा माक्स समेत किन्न सक्ने स्थिति छैन
सेनिटाइजर त हाम्रो हैसियत बाहिरको कुरो हो
कठै ! हामी भुइमान्छे !
राजधानीको सडक पेटिमा हिड्दा हिडदै धनबहादुर
कहिले नउठ्ने गरि ढले!
एउटा सिटामोल समेत खान नपाई
महिनौंको लकडाउनले मजदुरी गर्न नपाउदा
सिरानघरे काकाको छोराछोरी कुपोषन भएको छ।

तै पनि हाम्रा सासकहरु मौन छ्न
सताको खेल र भ्रष्टचारमा लिप्त छ्न
यी सब देख्दा दिक्क लाग्छ भाइ !!
उबेला हामीले क्रान्ति किन गर्यौ???
आखिर जनताको तक्दिर बद्लिदैन थियो भने
किन लडियौ रणमैदानमा र बगायौ रगत
हाम्रा साथीसङ्गिले किन दियो जीवन ??
सङ्कटको बेला टाउकोमा हात राख्दैन भने
किन चाहियो देश ??

आज लाग्दै छ मलाई
सासकका अनुहार मात्र फेरियो
शासन फेरिएन
नत्र ! लाखौं पाखुरी बेचिन बिदेसी मरुभुमि किन पुग्नु पर्थ्यो??

कति भो! कति राम्ररी निदाएको रात छैन
हरेक साझ आपा तिम्रो खबर सोध्नु हुन्छ
मन बुझाउनै सहि म ठिकै छ भनेर उतर दिन्छु
तर चुपचाप सिरानी भिजेको हुन्छ
कस्लाइ इच्छा हुँदैन होला र!??
जताततै मृत्युको साइरन बजेको बेला
आफ्ना सन्तानलाई आखैनिर हेर्ने??

तर यति हो
यो आक्रान्त समयमा पनि एउटा दियो निभेको छैन
तिमीले जादा एक मुठ्ठी माटो आफूसङ्गै लादै भनेको थियौ
म यो दुनियाँको जुनै भुगोलमा पुगे पनि
यो माटोको जस्तो मीठो सुगन्ध कतै भेटिने छैन
त्यसैले यो मधौरो समयलाई जितेर एक दिन तिमी आउने छौ
अनि यहि आगनीमा हामी सगरमाथा मुस्कुराउने छौ।

– खोटाङ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...