महेश मुखियाको “यो मेरो जीवन” {भिडियो सहित}
वि.सं.२०७७ असार २९ सोमवार १७:३९
1.3K
shares
काठमाडौं: केहि समयको अन्तरालपछि युवा गायक महेश मुखियाको नयाँ साङ्गीतिक कोशेली “यो मेरो जीवन तिम्रै हो” बोलको म्यूजिक भिडियो हालै Akhabar Nepal TV को अफिसियल YouTube च्यानलबाट सार्वजानिक भएको छ ।
लाखौं दर्शक श्रोताको मन जित्न सफल युवा गायक मुखियाको लोक पप विधामा आधारित आफ्नो नयाँ गीतले युवाहरुको मन र दर्शक श्रोताको मन जित्न सफल हुनेमा विश्वस्त रहेको बताए ।
प्रमोद निर्वाणको शब्द/संगीत/संयोजन रहेको उक्त गीतमा गायक स्वयंले फिचरिङ गरेका छन् ।
गायक मुखियाले यसभन्दा पहिला चर्चित गीत (माथि माथि लेकमा हिउँ पर्दा…, सिउरेनी बनमा… केही दिन टाढा हुँदैछु… के तन्नेरी र भिज्यो तिम्रो रातो फछ्यौरी) लगायतका म्यूजिक भिडियोहरु सार्वजानिक भईसकेका छन् ।
म्यूजिक भिडियो सुबास मुखिया सुनुवारले निर्देशन तथा सम्पादन गरेका छन् भने मनोज सिंह बस्नेतले छायांकन गरेका छन् । म्यूजिक भिडियो न्यू भिजन प्वाईन्ट प्रा.लि.ले निर्माण गरेको छ ।
{भिडियो सहित}
https://www.youtube.com/watch?v=77KJOO_Mooo
वि.सं.२०७७ असार २९ सोमवार १७:३९




















