२०६४ सालमा गठित रेडक्रस कार्यसमिति भंग गर्ने तयारी
वि.सं.२०७७ असार २९ सोमवार १८:४०
1.1K
shares
काठमाडौं: परोपकारी संस्थाका रुपमा परिचित नेपाल रेडक्रसमा चरम भ्रष्टाचार भएको निष्कर्ष सहित सरकारले वर्तमान कार्यसमिति भंग गर्ने तयारी गरेको छ।
२०६४ सालदेखि सञ्जीव थापाको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिले आर्थिक अनियमितता र बेथितिलाई प्रश्रय दिएको साथै समयमै अधिवेशन गर्न नसकेको ठहर गर्दै उक्त कार्यसमिति विघटन गर्न लागेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्था नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि नवीकरण नगरेको र समाज कल्याण परिषदद्वारा गिठन जाँचबुझ समितिले संस्थाका पदाधिकारी आर्थिक लाभमा लिप्त रहेको प्रतिवेदन बुझाएको छ ।
जाँचबुझ समितिले बुझाएको प्रतिवेदनको आधारमा कार्यसमिति विघटन गर्ने दिशामा सरकार अघि बढेको र रेडक्रसलाई स्पष्टीकरणका लागि ७ दिनको समय दिएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ असार २९ सोमवार १८:४०




















