YouTube Link

चुरामणि खनालको राष्ट्रिय गीत ‘नबिर्सौ वीरताको गाथा’ {भिडियो सहित}

World Cup 2026
Facebook Link

काठमाडौं: सञ्चारकर्मी चुरामणि खनालको राष्ट्रिय गीत ‘नबिर्सौ वीरताको गाथा’ सार्वजनिक भएको छ । खनालकै शब्द संगीत र आवाज रहेको यस गीतमा मनिका विश्वकर्माले साथ दिएकी छिन् । यस राष्ट्रिय गीतलाई बुढा सुब्बा डिजिटलको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

विशाल नेपाल र नेपाली वीरले देखाएको वीरतामा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौं, पृथ्वीले अर्जेको मुलुकमा हामी वीर गोर्खालीका सन्तान स्वाभिमानलाई रोज्ने छौ र भारतमा गाभिएका भूमि फिर्ता गर्नु नै हाम्रो लागि स्वाभिमान हुनेछ भन्ने सन्देश उक्त गीतमा दिएको छ ।

पुर्खाले अर्जेको मुलुक कहिले कसैको उपनिवेश र दलदलमा नफसेको र भारतले इतिहासदेखि नै नेपालका भूमिमा हस्तक्षेप गर्दै आएको हुँदा हेपाहा प्रवृत्तिमा चुप लागेर बस्न सक्ने अवस्था नरहेको र आफ्नो स्वाभिमानलाई गुमाउन नहुने, विशाल नेपाल दार्जिलिङ, सिक्किम, कुमाउ, गडवाल पनि हाम्रै थिए जाहाँ नेपालको क्षेत्रफल अहिलेको नेपालको दोब्बर भन्दा धेरै पूर्वमा टिष्टादेखि शतलजसम्मको विशाल नेपाल भन्ने सन्देश उक्त गीतले दिएको छ ।

सञ्चारकर्मी खनालले आफ्नो पहिलो राष्ट्रिय गीत सार्वजनिक गरेका हुन । उक्त गीतलाई केपी देवकोटाले सम्पादन गरेका छन् भने मनोज सिंह बस्नेतले छायांकन गरेका छन् ।

-भिडियो-

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...