YouTube Link

लकडाउनमा अड्किएका अभिनेता अक्षय कुमारका ७ फिल्म

Facebook Link

एजेन्सीः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले बलिउडमा पनि प्रायः सबै सेलिब्रेटीहरु मार पारेको छन् । कैयौं ठुला ठुला फिल्म डिजिटल प्लेटफर्ममा तयार भएर पनि रिलिजको समय कुरेर बसेका छन् । अभिनेता अक्षय कुमारका ७ फिल्म कुनै रिलिज हुने दिन कुरेर बसेका छन त कुनै प्रोडक्सनमा अड्किएको छ । जसका कारण अक्षय कुमार लकडाउनका पीडित सेलिब्रेटी बनेका छन् ।

अक्षय कुमारका लकडाउनमा अड्किएका ७ फिल्म

१. ‘अतरंगी रे’
अक्षय कुमार पहिलो पटक निर्देशक आनन्दएल रायको फिल्म ‘अतरंगी रे’ को सुटिङलाई तयार भए । १५ अप्रिलमा यस फिल्मको सुटिङ शुरु हुने थियो तर लकडाउनले रोक्यो । ‘अतरंगी रे’ एक रोमान्टिक ड्रामा फिल्म हो, जसमा अक्षयका साथ सारा अलीखान र धनुषदेखा पर्नेछन् ।

२. ‘बच्चन पाण्डे’
‘हाउसफुल ४’ को सफलतापछि प्रोड्यूसर साजिद नाडियाडवाला र निर्देशक फरहाद सामजीका साथ यस फिल्ममा काम गर्ने तयारीमा थिए अक्षय कुमार । यो एक एक्सन फिल्म हो, जसमा अक्षय कुमारको दमदार अभिनय छ । मेबाट सुटिङ हुने यस फिल्मलाई पनि लकडाउनले होल्ड गराइदियो ।

३. ‘बेल बटम’
अक्षय कुमारको आउँदो फिल्म ‘बेल बटम’ लकडाउन पहिला नै लुक रिलिज भएको थियो । जसमा अक्षय ८० का दशकको रेट्रो लुकमा देखापरेका छन् । २२ जनवरी २०२१ मा रिलिज मिति तय भएको यस फिल्मको पनि सुटिङ शुरु हुनपाएको छैन । अहिले यस फिल्मको स्क्रिप्टको काम भइरहेको छ ।

४. एकता कपूरको कमेडी फिल्म
‘वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ पश्चात अक्षयकुमार एकता कपूरको एक्सन कमेडी फिल्ममा काम गर्ने सम्झौता भयो । यो फिल्म तेलगुको हिट फिल्मको हिन्दि रिमेक हो । नोबेम्बरबाट मात्र सुटिङ शुरु गर्ने तयारीमा रहेको यस फिल्मको लकडाउनको कारण ६ महिना म्याद सारिएको छ ।

५. ‘लक्ष्मीबम’
‘लक्ष्मीबम’ एक हरर कमेडी फिल्म हो । जसमा अक्षय कुमार किन्नरको भुमिकामा देखा पर्नेछन् । अक्षयको यस फिल्मको पोस्ट प्रोडक्शनको काम सुचारु थियो । जसलाई फाइनल हुनुअघि लकडाउने बिगारिदियो । यस फिल्ममा अक्षयका साथ कियारा आडवाणी देखा पर्दैछिन् ।

६. ‘पृथ्वीराज’
अक्षय कुमारको पिरियड ड्रामा फिल्म ‘पृथ्वीराज’ यहि बर्ष दिपावलीमा रिलिज हुने तयारीमा थियो । हुनत यस फिल्मको ५० प्रतिशत काम अझै पनि बाँकी नै छ । तसर्थ यसको म्याद सर्ने अनुमान गरिएको छ । फिल्ममा अक्षय राजपूत पृथ्वीराज चौहानको भुमिकामा देखा पर्नेछन् । यसै फिल्ममार्फत मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्दैछिन् ।

७. ‘सूर्यवंशी’
‘सिंघम’, ‘सिंबा’ जस्ता सुपरहिट फिल्म पश्चात रोहित शेट्टी अक्षय कुमारका साथ यस बर्ष सूर्यवंशी लिएर आउँदैछन् । यस फिल्मलाई दर्शक अत्यधिकम हत्वका साथ कुरिरहेका छन् । फिल्ममा अक्षयकुमार एक प्रहरी अफिसरको भुमिकामा देखा पर्नेछन् । पुरानो तय मितिअनुसार २४ मार्चमा नै रिलिज हुनुपर्ने यस फिल्मलाई लकडाउनले पछि सारेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...