YouTube Link

मनिषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडिया र सामाजिक सञ्जालमा हंगामा

Facebook Link

काठमाडौं: मनिषा कोइरालाका दर्जनौं फिल्म भारतमा चर्चित छन् । भारतमै संघर्ष गरेर बलिउडको फिल्मी क्षेत्रलाई उचाइ दिएकी उनी यतिबेला भारतीय मिडियाको निशानामा परेकी छिन् । मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत चर्का आलोचना गरिरहेका छन । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषाले गरेको एउटा ट्वीटका कारण सामाजिक संजालमा वार चलिरहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । उनले लेखेकी छिन- ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा आलोचना गरिरहेका छन । तर नेपालीहरुले भने मनिषाको खुलेर प्रशंसा गरेर पोष्टहरु गरिरहेका छन् । नेपालमा उनको वाहवाह चलिरहेको छ । हजारौं ट्वीट र स्टाटसमा लेखिएका शब्दहरु भाइरल भइरहेका छन् ।

मनिषाको यहि ट्वीटलाई लिएर केही भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै आलोचना गरेका छन् । यतिसम्म कि कतिपय ब्यक्तिहरुले उनका फिल्म बहिष्कार गर्न र भारतबाट लखेट्नुपर्छ भनेर गाली गरिरहेका छन् । भारतीय टिभी च्यानल एबीपीले ‘खाति भारतकी और गाति चीनकी’ ।

मनिषाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन । साथै उनले सीमा र नक्साको बिषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीट पनि आरटी गरेकी छन् । यद्यपी, भारतीय मिडियाहरुको आक्रमणलाई कतिपय विश्लेषकहरुले अविवेकीपूर्ण, तुच्छ र पत्रकारिताको मर्म विपरित भनेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...