Rajshow Bivag

मनिषा कोइरालाको एउटा ट्वीटले भारतीय मिडिया र सामाजिक सञ्जालमा हंगामा

Departmant of helth services

काठमाडौं: मनिषा कोइरालाका दर्जनौं फिल्म भारतमा चर्चित छन् । भारतमै संघर्ष गरेर बलिउडको फिल्मी क्षेत्रलाई उचाइ दिएकी उनी यतिबेला भारतीय मिडियाको निशानामा परेकी छिन् । मिडिया मात्र नभइ भारतीय सामाजिक संजाल प्रयोगकर्ताहरुले समेत चर्का आलोचना गरिरहेका छन । नेपाली मूलकी बलिउड अभिनेत्री मनिषाले गरेको एउटा ट्वीटका कारण सामाजिक संजालमा वार चलिरहेको छ ।

भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको खुशीमा उनले नेपाल सरकारको कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् । उनले लेखेकी छिन- ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

मनिषाको यही ट्वीट उनका भारतीय प्रशंसकलाई मन परेन र उनीहरुले ट्वीटरमा आलोचना गरिरहेका छन । तर नेपालीहरुले भने मनिषाको खुलेर प्रशंसा गरेर पोष्टहरु गरिरहेका छन् । नेपालमा उनको वाहवाह चलिरहेको छ । हजारौं ट्वीट र स्टाटसमा लेखिएका शब्दहरु भाइरल भइरहेका छन् ।

मनिषाको यहि ट्वीटलाई लिएर केही भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै आलोचना गरेका छन् । यतिसम्म कि कतिपय ब्यक्तिहरुले उनका फिल्म बहिष्कार गर्न र भारतबाट लखेट्नुपर्छ भनेर गाली गरिरहेका छन् । भारतीय टिभी च्यानल एबीपीले ‘खाति भारतकी और गाति चीनकी’ ।

मनिषाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन । साथै उनले सीमा र नक्साको बिषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीट पनि आरटी गरेकी छन् । यद्यपी, भारतीय मिडियाहरुको आक्रमणलाई कतिपय विश्लेषकहरुले अविवेकीपूर्ण, तुच्छ र पत्रकारिताको मर्म विपरित भनेका छन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

वि.सं.२०८० चैत २० मंगलवार १०:४६

  काठमाडौं: काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ...

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

वि.सं.२०८० चैत ७ बुधवार ०९:३६

  काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं...

गायक सुदिप पन्तको ‘ओउ ओउ ताकेया’ सार्वजनिक

गायक सुदिप पन्तको ‘ओउ ओउ ताकेया’ सार्वजनिक

वि.सं.२०८० फागुन ३० बुधवार १५:०१

  काठमाडौं: लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा...

बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित

बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित

वि.सं.२०८० फागुन २० आइतवार १५:२४

  काठमाडौं: बाल साहित्यकार तथा चित्रकार आध्या वैदेही शाहको पुस्तक...