YouTube Link

औद्योगिक व्यापार मेलामा रिद्धि सिद्धी सिमेन्टको निशुल्क बस सेवा

Facebook Link

काठमाडौं: मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला अवलोकन गर्न सहज होस भन्ने हेतुले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडासम्म निशुल्क ओसार पसार गर्ने भएको छ ।

पत्रकार सम्मेलन गर्दै सिमेन्टले उद्योगको उत्पादनलाई सहज ढंगले आमउपभोक्ता समक्ष पुरयाउन समय समयमा र विभिन्न स्थानहरुमा हुने मेला प्रदर्शनीहरुको ठूलो भूमिका रहने बताएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी हुन पाउँदा खुसी भएको क्षेत्रीय विक्री प्रबन्धक विक्रम खतिवडाले बताए ।

विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध, तथा विद्यार्थीवर्ग गरी करिव ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने यस मेलाको लागि रिद्धि सिद्धि सिमेन्टको तर्फबाट ३ वटा निशुल्क बस सेवा संचालन गरिने बताए । फाल्गुन १६ गते देखी संचालन हुने मेलामा हेटौंडाको बिभिन्न स्थानबाट निशुल्क बस सेवा संचालन गरि दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवादिने लक्ष्य रहेको समेत खतिवडाले बताए ।

शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा निर्माण सम्पन्न हुनै लागेको रिद्धि सिद्धि सिमेन्टले यस्तो मेलाको अवसरमा सेवा प्रदान गर्न लागेकोमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवादका साथ संग संगै सहकार्य गरि अघि बढ्ने समेत बताए । कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कार्यसमिति सदस्य दीपक उप्रेती, सिमेन्ट उद्योगका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...