Rajshow Bivag

टाटा मोटर्सले खोल्यो बिराटनगरमा नयाँ शोरुम

Departmant of helth services

विराटनगर: टाटा मोटर्सले बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रा. लि. ले बुधबारदेखि शोरुम संचालनमा ल्याएको हो ।

३००० बर्गफिट क्षेत्रफलमा फैलिएको शोरुममा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । शोरुमको उद्घाटन गर्दै टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख, सुजन रोयले भने, “टाटा मोटर्सका लागि नेपाली बजार निकै महत्वपूर्ण छ । ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई यो शोरुमले अझै सबल बनाएको छ । शोरुमको संचालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।”

सिप्रदी ट्रेडिंगका अध्यक्ष सौर्य एस. जे. बी. राणाले गोयल अटोसंगको यो साझेदारीले ग्राहकमाझ टाटा मोटर्सको पहुँच सहज बनाएको र सेवा र सुविधा अझै सुदृढ हुँदै जाने भन्दै खुशी ब्यक्त गरे । आधुनिक शोरुमसंगै टाटाका विभिन्न आकर्षक मोडेलका नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर कारहरु बिक्री वितरण गर्न पाउँदा ग्राहकहरु लाभान्वित हुनेमा विश्वस्त रहेको बताए ।

सिप्रदी सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेको बिज्ञप्तीमा उल्लेख छ । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीका २४ विक्री कार्यालय, २५ सेवा केन्द्रहरु रहेको तथा प्यासेन्जर गाडीका २३ वटा बिक्री केन्द्र, २५ वटा सर्विस सेन्टर र ३०० स्पियर पार्टस आउटलेट रहेको कम्पनीले जनाएको छ ।।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...