YouTube Link

टाटा मोटर्सले खोल्यो बिराटनगरमा नयाँ शोरुम

Facebook Link

विराटनगर: टाटा मोटर्सले बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रा. लि. ले बुधबारदेखि शोरुम संचालनमा ल्याएको हो ।

३००० बर्गफिट क्षेत्रफलमा फैलिएको शोरुममा टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । शोरुमको उद्घाटन गर्दै टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख, सुजन रोयले भने, “टाटा मोटर्सका लागि नेपाली बजार निकै महत्वपूर्ण छ । ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई यो शोरुमले अझै सबल बनाएको छ । शोरुमको संचालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं ।”

सिप्रदी ट्रेडिंगका अध्यक्ष सौर्य एस. जे. बी. राणाले गोयल अटोसंगको यो साझेदारीले ग्राहकमाझ टाटा मोटर्सको पहुँच सहज बनाएको र सेवा र सुविधा अझै सुदृढ हुँदै जाने भन्दै खुशी ब्यक्त गरे । आधुनिक शोरुमसंगै टाटाका विभिन्न आकर्षक मोडेलका नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर कारहरु बिक्री वितरण गर्न पाउँदा ग्राहकहरु लाभान्वित हुनेमा विश्वस्त रहेको बताए ।

सिप्रदी सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेको बिज्ञप्तीमा उल्लेख छ । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीका २४ विक्री कार्यालय, २५ सेवा केन्द्रहरु रहेको तथा प्यासेन्जर गाडीका २३ वटा बिक्री केन्द्र, २५ वटा सर्विस सेन्टर र ३०० स्पियर पार्टस आउटलेट रहेको कम्पनीले जनाएको छ ।।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...