YouTube Link

डिमाण्ड हत्याउन मेनपावरको अस्वस्थ प्रतिष्पर्धा

Facebook Link

काठमाडौं:  कोभिड १९ को महामारीबाट माथि उठ्दै गर्दा वैदेशिक रोजगारको क्षेत्र विस्तारै तङग्रिन थालेको छ । वैदेशिक रोजगारका लागि खाडीका केही देशहरुबाट माग आउन थालेपछि मेनपावर व्यवसायीबीच नै अस्वस्थ्य प्रतिष्पर्धा हुन थालेको हो ।

वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्डलाई आफ्नो बनाउन मेनपावर व्यवसायीले अवैध चलखेल गरेर अस्वस्थ प्रतिष्पर्धा गर्दा त्यसको मार कामदारलाई पर्न थालेको छ ।

कतारका रोजगारदाता कम्पनीले सेवा शुल्क सहित श्रमिकको लागि सम्पूर्ण खर्च दिने भएता पनि नेपालका केही मेनपावरहरुले अहिले उल्टै कमिशन दिएर डिमाण्ड आफ्नो पक्षमा हत्याउन लागि परेका छन् ।

कतारका कम्पनीहरुले सेवा शुल्क मेनपावर कम्पनीलाई दिने गरेकोमा अहिले पाउँदै आएको उक्त सुविधा छोडेर आफ्नो पक्षमा पार्नका लागि प्रतिव्यक्ति ४ हजार रियालसम्म कमिशन दिने परेको पाइएको छ ।

कतारमा अस्वस्थ्य प्रतिष्पर्धामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार समेत रहेका शान नेपाल प्रालिका संचालक नवलकिशोर यादव अग्रस्थानमा रहेको पाइएको छ ।

कतारमा नै रहेका १३ वटा मेनपावरका प्रतिनिधिले संयुक्तरुपमा शान नेपालको विरुद्धमा दूतावासमा जानकारी गराउँदा कतारको बजारमा यादवले कमिशन बढाउन पछि नहटेको ति प्रतिनिधिले उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्–‘ शान नेपाल प्रालिका संचालक नवल किशोरले कतारका प्रत्येक कम्पनीमा ३९ सयदेखि ४ हजार रियालसम्म अफर गर्ने गरेको पाइएको छ, यस विषयमा दूतावासमा पटकपटक ध्यानाकर्षण गराइसकेका छौ ।’

शानका संचालकले नेपाली दूतावासमा आफ्नो साँठगाँठ भएको बताउने गरेको कतारमा रहेका व्यवसायीहरुको भनाई छ । नेपाली दूतावास कतारले पनि शान नेपालको यस्तो गतिविधीलाई मुकदर्शक भएर हेरिरहेको छ ।

यता वैदेशिक रोजगार विभागले शान नेपालले ल्याएको मागपत्रलाई अनुसन्धान गर्नुपर्ने माग उठेको छ । शान नेपालका गतिविधीलाई निगरानीमा राख्नु पर्ने सर्वत्र आवाज उठेको हो ।

यद्यपी शानका संचालक यादवले आफुलाई बद्नाम गराउन केही मेनपावरहरुले अफवाह फैलाएको जिकीर गरेका छन् । तर, नेपालका मेनपावर व्यवसायीहरु पनि शान नेपालले चर्को कमिशनको अफर गरेको प्रमाण रहेको बताउँदै आएका छन् । ओमान, बहराइन लगायतका अन्य देशबाट न्यून संख्यामा डिमाण्ड आउने गर्दा कतार सबैको रोजाई बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...