YouTube Link

डिमाण्ड हत्याउन मेनपावरको अस्वस्थ प्रतिष्पर्धा

Facebook Link

काठमाडौं:  कोभिड १९ को महामारीबाट माथि उठ्दै गर्दा वैदेशिक रोजगारको क्षेत्र विस्तारै तङग्रिन थालेको छ । वैदेशिक रोजगारका लागि खाडीका केही देशहरुबाट माग आउन थालेपछि मेनपावर व्यवसायीबीच नै अस्वस्थ्य प्रतिष्पर्धा हुन थालेको हो ।

वैदेशिक रोजगारीको लागि कतारबाट आउने डिमाण्डलाई आफ्नो बनाउन मेनपावर व्यवसायीले अवैध चलखेल गरेर अस्वस्थ प्रतिष्पर्धा गर्दा त्यसको मार कामदारलाई पर्न थालेको छ ।

कतारका रोजगारदाता कम्पनीले सेवा शुल्क सहित श्रमिकको लागि सम्पूर्ण खर्च दिने भएता पनि नेपालका केही मेनपावरहरुले अहिले उल्टै कमिशन दिएर डिमाण्ड आफ्नो पक्षमा हत्याउन लागि परेका छन् ।

कतारका कम्पनीहरुले सेवा शुल्क मेनपावर कम्पनीलाई दिने गरेकोमा अहिले पाउँदै आएको उक्त सुविधा छोडेर आफ्नो पक्षमा पार्नका लागि प्रतिव्यक्ति ४ हजार रियालसम्म कमिशन दिने परेको पाइएको छ ।

कतारमा अस्वस्थ्य प्रतिष्पर्धामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार समेत रहेका शान नेपाल प्रालिका संचालक नवलकिशोर यादव अग्रस्थानमा रहेको पाइएको छ ।

कतारमा नै रहेका १३ वटा मेनपावरका प्रतिनिधिले संयुक्तरुपमा शान नेपालको विरुद्धमा दूतावासमा जानकारी गराउँदा कतारको बजारमा यादवले कमिशन बढाउन पछि नहटेको ति प्रतिनिधिले उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्–‘ शान नेपाल प्रालिका संचालक नवल किशोरले कतारका प्रत्येक कम्पनीमा ३९ सयदेखि ४ हजार रियालसम्म अफर गर्ने गरेको पाइएको छ, यस विषयमा दूतावासमा पटकपटक ध्यानाकर्षण गराइसकेका छौ ।’

शानका संचालकले नेपाली दूतावासमा आफ्नो साँठगाँठ भएको बताउने गरेको कतारमा रहेका व्यवसायीहरुको भनाई छ । नेपाली दूतावास कतारले पनि शान नेपालको यस्तो गतिविधीलाई मुकदर्शक भएर हेरिरहेको छ ।

यता वैदेशिक रोजगार विभागले शान नेपालले ल्याएको मागपत्रलाई अनुसन्धान गर्नुपर्ने माग उठेको छ । शान नेपालका गतिविधीलाई निगरानीमा राख्नु पर्ने सर्वत्र आवाज उठेको हो ।

यद्यपी शानका संचालक यादवले आफुलाई बद्नाम गराउन केही मेनपावरहरुले अफवाह फैलाएको जिकीर गरेका छन् । तर, नेपालका मेनपावर व्यवसायीहरु पनि शान नेपालले चर्को कमिशनको अफर गरेको प्रमाण रहेको बताउँदै आएका छन् । ओमान, बहराइन लगायतका अन्य देशबाट न्यून संख्यामा डिमाण्ड आउने गर्दा कतार सबैको रोजाई बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...