महासंघको जिल्ला/नगरअन्तर्गतको मतदान सकियो
वि.सं.२०७७ मंसिर १३ शनिवार १५:१४
1.4K
shares
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरअन्तर्गतको मतदान सकिएको छ । जिल्ला/नगरको मतदान कमलादीस्थित प्रज्ञा भवनमा गरिएकोमा मतदान कार्य सकिएको छ ।
कमलादी स्थित प्रज्ञा भवनमा बिहान ८ बजेदेखि ४ बजेसम्मको लागि मतदान समय तोकिएकोमा दिउँसो सवा २:२० मा जिल्लानगर तर्फ कुल १०५ मध्ये १०५ मत खसेको छ ।
जिल्ला/नगरका मतदाता एक वरिष्ठ उपाध्यक्ष एक जिल्ला/नगर उपाध्यक्ष र १८ जिल्ला/नगर सदस्यसहित १/१ जना निर्वाचन क्षेत्र सदस्य छनोट हुने छन् । वरिष्ठ उपाध्यक्षमा जिल्ला/नगरको मतभार ५० प्रतिशत रहेको छ ।
जिल्लानगर तर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहबाट दिनेश श्रेष्ठले उम्मेद्वारी दिएका छन् भने श्रेष्ठको प्रतिस्पर्धीमा ढकाल समुहबाट गुणनिधि तिवारी रहेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १३ शनिवार १५:१४




















