Rajshow Bivag

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

Departmant of helth services

काठमाडौं:  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सहभागी हुन सबै सचिवालय सदस्य बालुवाटारमा पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।

आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । आजको बैठकमा दुवै प्रतिवेदन वितरण गर्ने र त्यसमै छलफल हुनेछ ।

दुबै अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड-माधव समूहको छ ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि ओली रूष्ट छन् ।

उक्त प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उनले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिएका थिए ।

सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भनी यो बैठक निकै चासोपूर्वक हेरिएको छ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19649/

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२४

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२५

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

वि.सं.२०८१ जेठ १ मंगलवार १८:४१

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा परेको छ...

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५३

  काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२८

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति...