YouTube Link

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

Facebook Link

काठमाडौं:  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सहभागी हुन सबै सचिवालय सदस्य बालुवाटारमा पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले लिखित जवाफ प्रस्तुत गर्ने निर्धारित कार्यसूचि रहेको छ ।

आजको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ । आजको बैठकमा दुवै प्रतिवेदन वितरण गर्ने र त्यसमै छलफल हुनेछ ।

दुबै अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड-माधव समूहको छ ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि ओली रूष्ट छन् ।

उक्त प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उनले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिएका थिए ।

सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तुति नै पार्टीका लागि एउटा निर्णायक मोड हुनसक्ने भनी यो बैठक निकै चासोपूर्वक हेरिएको छ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19649/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...