YouTube Link

कर्जा श्रोत परिचालन अनुपात नपुर्‍याएको भन्दै राष्ट्र बैंकको कारबाहीमा बाणिज्य बैंकहरु

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्‍याएको भन्दै कारबाही गरेको छ । यसैगरी राष्ट्र बैंकले थप ३ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकले कर्जा श्रोत परिचालन अनुपात (सीसीडी रेसियो) नपुर्‍याएको भन्दै सिभिल बैंक र सेन्चुरी कमर्सियल बैंकलाई कारवाही गरेको हो ।

यि दुई बैंकले तोकिए अनुसार सीसीडी रेसियो कायम नगरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले दिएको जानकारी अनुसार सिभिल बैंकलाई ३७ लाख ५७ हजार ४ सय ४५ रूपैयाँ जरिवाना गरिएको छ भने सेन्चुरी बैंकलाई ७ लाख १९ हजार ७ सय ६० रूपैयाँ जरिवाना गराइएको हो ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ८० प्रतिशत सीसीडी रेसियो कायम गर्न भनेको छ । यो भनेको कुनै बैंकले एक सय रुपैयाँ निक्षेप लिए भने ८० रुपैयाँमात्रै कर्जा लगानी गर्न पाउँछन्, २० रुपैयाँ भने बैंकले तरलता राख्नुपर्छ । यस्तो व्यवस्था पालना नगरेको भन्दै राष्ट्र बैंकले सिभिल र सेञ्चुरीलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै सिटिजन्स बैंक इन्टरनेसनललाई समेत कारबाही गरेको छ । सिटिजनसलाई २० लाख रुपैयाँ जरिवाना तिराइएको राष्ट्र बैंकले जानकारी दिएको छ । यो सँगै यस वर्ष कारवाहीमा पर्ने वाणिज्य बैंकको संख्या ४ पुगेको छ । राष्ट्र बैंकले कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको थियो ।

राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५/७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ । कुनै बैंकले तोकिएको क्षेत्रमा कर्जा लगानी नगरे लगानी नभएको कर्जाको ब्याज बराबर जरिवाना राष्ट्र बैंकले गर्ने गरेको छ । सोही अनुसार लगानी पुर्याउन नसकेको रकमको ब्याज बराबरको रकम राष्ट्र बैंकले जरिवाना तिराएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...