YouTube Link

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ जना पुग्यो, २० हजारभन्दा बढीमा संक्रमण

World Cup 2026
Facebook Link

काठमाडौं: चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ जना पुगेको छ । अहिलेसम्म २० हजार बढी चिनियाँमा कोरोनाभाइरस देखिएको छ । १५ जना हङकङ र ८ जना मकाउमा पनि यो भाइरस देखिएको छ । त्यसैगरी ताइवानमा पनि १० जनालाई संक्रमण भएको पाइएको छ ।

चीनमा उपचारपछि ६ सय ३२ जना अस्पतालबाट फर्किएका छन् । यसैबीच चीनको वुहान क्षेत्रमा रहेका १ सय ८० नेपालीलाई फर्काइने भएको छ । चीनबाट फर्काएर उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर केहीदिनभित्रै उनीहरुलाई नेपाल ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरस फैलिएको क्षेत्र वुहानबाट ६२ जना नेपाली विद्यार्थी स्वेदश फर्किन चाहेका छन् भने अन्य हुबेइसहित अन्य प्रान्तबाट गरी जम्मा १ सय ८० विद्यार्थी फर्किन चाहेका छन् । संक्रामक रोगको विस्तार कम गर्न क्वारेन्टाइनमा राख्न लागिएको हो । यहाँ राखेकाहरुलाई बाहिरी व्यक्तिसँग भेट गर्न भने दिइने छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...