राष्ट्रिय वाणिज्य बैंकमा २ सय ५० भन्दा बढी कर्मचारीलाई ट्राफिक सचेतना कक्षा
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:३९
1.4K
shares
काठमाडौ: राष्ट्रिय वाणिज्य बैंकको प्रधान कार्यालयका २ सय ५० भन्दा बढी कर्मचारीलाई ट्राफिक सचेतना कक्षा दिइएको छ । बैंकका कर्मचारीलाई सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा दिइएको हो । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका विषय सामग्री समावेश गरी कर्मचारीलाई ट्राफिक सचेतना कक्षा दिइएको छ ।
प्रहरी प्रधान कार्यालयले ट्राफिक सेवामा करिब तीन दशक काम गरिसकेका पूर्व प्रहरी निरीक्षक सीताराम हाछेथुलाई यस्ता सचेतना कक्षामा स्वयंसेवकका रुपमा खटाएको छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत ट्राफिक सम्बन्धी स्वयंसेवकका रुपमा खटाइएका हाछेथु विभिन्न कलेज, विद्यालयका विद्यार्थीलाई ट्राफिक ज्ञान दिदैँ आएका छन् । यस पटक उनले राष्ट्रिय बाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठ समक्ष सचेतना कक्षाको प्रस्तावमा बैंकका कर्मचारीलाई प्रशिक्षार्थीका रुपमा रोजेका थिए ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:३९




















