YouTube Link

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा अडियो

Facebook Link

काठमाडौं: सेयर बजारमा आज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा अडिएको छ । आइतबार ११ अंकले बढेको नेप्से सोमबार  ५९.०२ अंकले घटेको थियो । सेन्सेटिभ इण्डेक्स  २.०९ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा अडिएको छ ।

 

उच्च अंकले घटेको सेयर बजारमा ३०९ स्क्रिप्सको १ करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँमा खरिदबिक्री भए । सोमबार पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा आइतबार अर्ब ९ करोड २९ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो । यसदिन कुनैपनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । अपर स्यांगी हाइड्रोपावरको सेयर सर्वाधिक ७.८३ प्रतिशतले बढ्यो ।

 

आज हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको १८ करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो । सानिमा रिलाइन्सको १७ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १४ करोड,अपी पावरको १३ करोड र सानिमा माइ हाइड्रोपावरको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो । आज सबै समूहको परिसूचक नकारात्मक देखिएका छन् । फाइनान्स समूहको सूचक सर्वाधिक ४.६० प्रतिशतले घट्यो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...