YouTube Link

सेयरबजार कारोबारमा २३ अर्बको नयाँ रेकर्ड

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: आज सेयरबजारमा व्यापक ‘करेक्सन’ देखिएको छ । सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा थामिएको छ । कारोबारमा भने नयाँ कीर्तिमान कायम भएको छ । आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको हो ।

 

यो हालसम्मकै उच्च कारोबार हो । ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर बिक्रीमा उक्त रेकर्ड बनेको हो । यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई यही साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिन्दै रेकर्ड बनाएकोमा आज त्योभन्दा पनि बढीको कारोबार भएको हो ।

 

आज ८ वटा कम्पनीको सेयर मात्रै बढेको थियो। बाँकीमध्ये २३३ कम्पनीको सेयर मूल्य घट्दा एउटाको मात्रै अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ८ मध्ये थ्रीस्टार हाइड्रोपावरको १० प्रतिशत, कुथेली बुखारी स्मल हाइड्रोको ९.९७ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २ को ३.९४ प्रतिशत, मेगा म्युचुअल फन्ड १ को ३.८१ प्रतिशत, रुरु जलविद्युत्को ३.१६ प्रतिशतले सेयर बढेको छ ।

 

७ कम्पनीको सेयर १० प्रतिशतले घट्यो

यसैबीच आजको सेयर कारोबारमा व्यापक करेक्सन आउनेक्रममा सातवटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शुभम् पावर, हाथवे इन्भेस्टमेन्टको सेयर १० प्रतिशतले घटेको हो। यी कम्पनीका लगानीकर्ताले क्रमशः आज १९३.८०, ८८, ६४.५०, ३१.८०, १०९.९०, ८९.६०, १७८.१० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन् । बाँकी १४ कम्पनीको सेयर ९ प्रतिशतले, ११ कम्पनीको ८ प्रतिशतले र दुई दर्जन बढी कम्पनीको ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

हिमालयन रिको कारोबारले अर्ब नाघ्यो

आज हिमालयन रिको सेयर धेरै किनबेच भएको छ। कम्पनीको आज एकै दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भएको हो । यस बाहेक नेपाल पुनर्बीमाको ४८ करोड ३६ लाख, सीईडीबी ४३ करोड, सानिमा माई ४२ करोड र शिवम् सिमेन्टको ४१ करोड रुपैयाँको कारोबार भएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...