YouTube Link

बैंकहरुले आगामी असार महिनाको कर्जाको ब्याजदर घटाउने

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल बैंकर्स संघको मंगलबार बसेको वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरूको बैठकले आगामी असार महिनाको लागि कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ ।

 

बैठकले निक्षेपमा दिँदै आएको ब्याजदर भने हालकै अवस्थाका कायम राख्ने निर्णय गरेको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले भने, ‘बेस रेट घट्दो छ ।  सरकारले पनि ट्रेजरीमा ब्याजदर घटाउँदै छ । जसका कारण लगानीमा ब्याजदर घटाउने निष्कर्षमा पुगेका छौँ ।’

 

निक्षेपकर्ताले प्राप्त गर्दै आएको ब्याजदरमा भने कुनै फेरबदल नहुने समेत उनले जानकारी दिए । संघको निर्णय अनुसार अब बैंकहरुका ब्याजदर बेसरेटका आधारमा घट्नेछ । अहिले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.९९ र संस्थागत मुद्दतीमा अधिकतम ७.९९ प्रतिशत ब्याजदर रहेको छ ।

 

उद्योगी व्यवसायीहरूले कर्जाको ब्याजदर अत्यन्तै महँगो भएको भन्दै गुनासो गर्दै आएका छन् । पछिल्लो समयमा महँगो ब्याजदरलाई कारण देखाउँदै व्यवसायीहरूले ऋणको माग समेत नगरेपछि वाणिज्य बैंकहरुमा सवा तीन खर्ब भन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

 

फलस्वरूप वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ८४ प्रतिशतमा झरेको छ भने वाणिज्य बैंकहरु अधिक तरलताको अवस्था छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...