YouTube Link

स्वास्थ्य बीमा बोर्डले गर्यो ६ अर्बभन्दा बढी दावी भुक्तानी

Facebook Link

 

काठमाडौं: स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्म स्वास्थ्य बीमा वापतको ६ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ ।

 

बोर्डले पाचौं पटक अर्थात यही पुस महिनासम्म स्वास्थ्य बीमा वापतको ६ अर्ब ९१ करोड ७१ लाख ९५ हजार ९ सय  रुपैयाँ दावी भुक्तानी गरेको हो ।

 

बोर्डले पाचौं पटकको दावी भुक्तानीमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९०० रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ ।

 

बोर्डको माघ १८ गते बसेको बैठकको निर्णयर अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको पूर्ण तथा आंशिक फर्छौंट गरी बाँकी रकम भुक्तानी गरेको हो ।

 

यसअघि गत मंसिर महिनामा बोर्डले एक अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ दावी भुक्तानी गरेको थियो । त्यस्तै, कात्तिक महिनामा बोर्डले स्वास्थ्य बीमा वापतको एक अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

 

त्यसैगरी, असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने भदौमा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो ।

 

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २७ अर्ब ९१ करोड रुपैयाँ भन्दाबढिको दावी भुक्तानी गरिसकेको जनाएको छ । स्वास्थ्य बीमा गर्नेहरुको संख्या पनि बढ्दो रहेको छ । बोर्डको पछिल्लो तथ्यांक अनुसार देशभर स्वास्थ्य बीमा गर्नेहरूको संख्या ६२ लाख नाघेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...