YouTube Link

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा दुई अर्बभन्दा बढी

Facebook Link

 

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ८ करोड ६३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

 

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैकको खुद नाफा २८.४४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ६२ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

 

गत वर्षको तुलनामा यस वर्ष बैंकको सञ्चालन नाफा करिब २४ प्रतिशत बढी भएको हो । गत वर्ष रू. २ अर्ब ४० करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ९८ करोडभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ६० करोडभन्दा बढी ऋणात्मक रहेको छ ।

 

मेगा बैंकसँग मर्जर प्रकृया पुरा गरी पुस २७ गतेदेखि एकिकृत कारोबार गरेपछि बैंकको चुक्तापूँजी रू. ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार पुगेको छ । बैंकको रिटेन्ड अर्निग रू. १ अर्ब ६० करोडभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने रू. २३ अर्ब ५५ करोडभन्दा बढी कायम भएको छ ।

 

दोस्रो त्रैमाससम्म बैंकले रू. ३ खर्ब ५५ अर्ब २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३ खर्ब १७ अर्ब ८९ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ७१ प्रतिशत पुगेको छ । वार्षिक  प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६१ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५१ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...