नेपाल राष्ट्र बैंकले आज ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै
वि.सं.२०७९ भदौ १३ सोमवार १०:५४
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुने बताइएको छ । ९१ दिनको लागि जारी गर्न लागेको यस ट्रेजरी मंसिर १३ गते परिपक्व हुनेछ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।
वि.सं.२०७९ भदौ १३ सोमवार १०:५४