YouTube Link

नेपाल पुनर्बीमाको निर्जीवन र जीवन बीमा कम्पनीतर्फको नाफा घट्यो

Facebook Link

काठमाडौं: नेपाल पुनर्बीमा कम्पनीको गत आर्थिक वर्षमा निर्जीवन र जीवन बीमा तर्फको व्यवसाय घटेको छ ।

बीमा समितिद्वारा जारी गत आर्थिक वर्ष ७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरणले कम्पनीको नाफा घटेको देखाएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म निर्जीवनतर्फ ६० करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले निर्जीवन बीमातर्फ ८२ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको थियो । निर्जीवन व्यवसाय अघिल्लो वर्षको भन्दा २७ प्रतिशतले नोक्सान भएको छ ।

जीवन बीमातर्फ २ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष १० करोड १० लाख  नाफा गरेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल पुनर्बीमा कम्पनीले ८ अर्ब ७८ करोड कुल बीमा शुल्क आर्जन गरेको  थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्क अघिल्लो वर्षको भन्दा २९  प्रतिशतले वृद्धि भएको छ ।

११ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीमा निर्जीवनतर्फ ३ अर्ब ९१ करोड जगेडा कोषमा रकम सञ्चित छ । जीवन बीमाको जगेडा कोषमा ५९ करोड ५ लाख रुपैयाँ छ । निर्जीवनतर्फ बीमा कोषमा २ अर्ब ५४ करोड छ ।

गत आर्थिक वर्षको तेस्रो तैमासमा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ५१ पैसा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...