कृषि विकास बैंकले कमायो २ अर्ब ३६ करोडभन्दा बढी खुद नाफा
वि.सं.२०७९ साउन १९ बिहीवार १०:०८
3.8K
shares
काठमाडौं: कृषि विकास बैंकले दुई अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१६ प्रतिशत कम हो ।
बैंकको खुद ब्याज आम्दानी १३ दशमलव ३० प्रतिशत बढेको छ । खुद फि तथा कमिसन आम्दानी ११ दशमलव ०६ प्रतिशत घटेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ७ दशमलव ३६ प्रतिशत र सञ्चालन मुनाफा १८ दशमलव २५ प्रतिशतले घटेको हो । बैंकको नाफा घटेकाले प्रतिशेयर आम्दानी ११ दशमलव १७ रुपैयाँले घटेको छ ।
वि.सं.२०७९ साउन १९ बिहीवार १०:०८



















