YouTube Link

‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’श्रावण मसान्तसम्म कायम रहने

Facebook Link

काठमाडौं: एनआईसी एशिया बैंकले २०७९ आषाढ १२ देखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ ।

व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरूलाई लक्षित गरेर ल्याइएको यस योजनामा देश एवं विदेशमा बसेका ग्राहक एवं विभिन्न संस्थाहरूले देखाएको अभूतपूर्व सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई  श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ ।

आम जनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।

यस योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् भने आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्नेछन् ।

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहकहरूको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...