YouTube Link

कोरिया जान १० हजार सिटका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा ८४ हजारले दिए परीक्षा

Khanepani Dhal
Facebook Link

काठमाडौं: रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार २ सय १४ जना युवाहरु भाषा परीक्षामा सहभागी भएका छन  । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार ३ सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए ।

तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित रहेको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ । कोरियाको मानव संसोधन विभागका महानिर्देशकको नेतृत्वमा ९७ जनाको टोली परीक्षा सञ्चालन गर्न नेपाल आएका थिए । जसमध्ये ७२ जनाले काठमाडौं तथा ललितपुरमा र बाँकी २५ जनाले पोखरामा परीक्षा सञ्चालन गरेका थिए । वैदेशिक रोजगार विभागको इपिएस शाखाले परीक्षाको सहजीकरण गरेको थियो । दुई दिनमा अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारबाहीमा परेका छन् ।

भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रको पूर्णांक सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० पूर्णांकको परीक्षा लिइएको हो । जसमा सुनाइ र पढाइमा २०/२० गरी ४० प्रश्न समावेश गरिएको थियो । भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी भने नहुने इपिएस शाखाले स्पष्ट पारेको छ । त्यसका लागि सीप परीक्षा अनिवार्य रूपमा पास हुनुका साथै रोजगारदाता छनोटमा समेत पर्नुपर्ने इपिएस शाखाले जनाएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४ घण्टा बन्द हुने

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:२८

काठमाडौं: राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दैनिक साढे ४...

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दै

वि.सं.२०८२ जेठ ७ बुधवार ०९:११

काठमाडौं: संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक...

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा

वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३

काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा...

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

कोर्मोचाको अन्तिम अन्त्यष्टिका लागि गृह जिल्ला लगियो

वि.सं.२०८२ जेठ ४ आइतवार १२:३७

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको प्रार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा...

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

रहेनन् नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व कोर्मोचा

वि.सं.२०८२ जेठ ३ शनिवार ११:२८

काठमाडौं: नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज व्यक्ति, कुशल नेतृत्वकर्ता, नेपाली कांग्रेस...

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वि.सं.२०८२ जेठ १ बिहीवार १३:०१

काठमाडौं: पूर्वमन्त्री एवं नेपाली कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध...