सिभिल बैंकले यो वर्षको ६ महिनामा ५० करोड नाफा कमायो
वि.सं.२०७८ माघ ७ शुक्रवार १४:४३
काठमाडौं: सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ ।
बैंकको विवरण अनुसार सो अवधिसम्ममा खुद नाफा उल्लेख्य बढेको छ । यस अवधिमा बैंकले यो वर्ष ६ महिनामा ५० करोड नाफा गरेको छ ।
अघिल्लो बर्षको यस अवधिमा २० करोड मात्रै नाफा कमाएको बैंकले १५० प्रतिशतले नाफा बढाएको हो ।
अघिल्लो वर्ष ४.८३ रहेको बैंकको इपीएस यो वर्ष ११.६६ रहेको छ । बैंकले ६ महिनामा १ अर्ब ४६ करोड ब्याज आम्दानी गरेको छ ।
अघिल्लो वर्ष बैंकको ब्याज आम्दानी ९३ करोड थियो । यस अवधिमा बैंकले पुस मसान्तसम्म ९१ अर्ब ६९ करोड निक्षेप संकलन गरेर ८३ करोड कर्जा दिएको छ ।
बैंकले अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात (एनपीएल) घटाउन सफल भएको छ ।
अघिल्लो वर्ष १.७० प्रतिशत रहेको एनपीएल ०.९४ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ८८.८८ प्रतिशत रहेको सिभिल बैंकको बेसरेट भने अघिल्लो वर्षभन्दा बढेको छ ।
अघिल्लो वर्ष ८.४५ प्रतिशत रहेको बेसरेट यो वर्ष ९.७४ प्रतिशत रहेको छ । बैंकले ३.०५ प्रतिशत स्प्रेडदरमा कायम राखेको छ ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १४:४३