YouTube Link

पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सूक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको छः कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल

Facebook Link

 

काठमाडौं: नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताएका छन् ।

 

कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सूक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताए ।

 

उनले निगमले आफ्नो बारेमा कुनैपनि नराम्रा समाचार नआओस् भन्ने चाहेकाले पेट्रोलियम पदार्थको गुणस्तरमा सचेत र सतर्क रहेको बताएका हुन् ।

 

कार्यकारी निर्देशक पौडेलले पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकोले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने बताए ।

 

उनले अहिले सिनामंगलमा सेन्ट्रल ल्याब रहेकोले उक्त ल्याबबाट गुणस्तर जाँच सुरु गरिसकेको र सिनामंगलको जस्तो उच्च गुणस्तरको ल्याब नेपालमा अन्त्य नरहेको दाबीसमेत गरे ।

 

कार्यकारी निर्देशक पौडेलले नेपालमा भारतबाट पाइपलाइनबाट तेल ल्याउने विषय बोर्डबाट मन्त्रालय स्तरमा पुगिसकेको बताए ।

 

उनले झापाबाट पाइपमा तेल ल्याउने कुराको मोडालिटीको बारेमा छलफल भइरहेको र अमलेखगञ्जबाट पाइपमा तेल ल्याउने विषयमा भने धेरै अघि बढिसकेको जानकारी दिए ।

 

कार्यकारी निर्देशक पौडेलले भने, ‘अहिले हामीले धेरै कुरामा अघि बढ्छु भन्दा पनि स्टे बाई स्टे ग्याजुएल एक्सपेन्सनमै जाऊँ हामी भनेर हाम्रो पाइपलाइनको एक्सटेन्सनको विषय बोर्डको लेभलबाट अघि बढिसकेर मन्त्रालयको लेभलमा छ । झापाको पाइपलाइनमा हामी मोडालिटीको फाइनलको कुरामा छौँ । दुई देशीय पाइपलाइन भएको हुनाले उनीहरूले भारततर्फबाट गर्नुपर्ने लगानीको प्रतिफल के हुने ? के मोडालिटीमा गर्ने भन्नेमा नै छलफल भइरहेको छ । अमलेखगञ्जको स्टेसनको विषयमा त हामी धेरै अघि बढिसकेका छौँ । हाम्रो लागत कति, के, कसरी जाने ?, कम्प्लिट सर्वे डिटेल स्टडी भइसकेको छ ।’

 

कार्यक्रममा निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताए ।

 

उनले आम नागरिकहरूको सहजकर्ताको रूपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्य दरको नियम बनाए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसकेको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...