YouTube Link

फेसबुक कम्पनी मेटाले साइबर सेनाका ७ समूहमाथि लगायो प्रतिबन्ध

Facebook Link

 

एजेन्सीः फेसबुक कम्पनी मेटाले सामाजिक अभियन्ता, विमति राख्ने व्यक्ति र पत्रकारलाई निशाना बनाउँदै आएका ७ वटा निजी साइबर समूहमाथि प्रतिबन्ध लगाएको छ ।

 

सामाजिक सञ्जाल कम्पनी मेटाले ७ वटा ‘साइबर मर्सिनरी’ वा भाडाका साइबर सेनामाथि प्रतिबन्ध लगाएको हो ।

 

अनुसन्धानपछि ह्याकिङसहितका अन्य अपराधमा संलग्न रहेको पाइएपछि ती समूहका झण्डै १ हजार ५ सय नक्कली अकाउन्टलाई फेसबुक, इन्टाग्राम र ह्वाट्सएपबाट हटाइएको छ ।

 

प्रतिबन्ध लागेका साइबर समूहमा इजरायलका ब्ल्याक क्युब, कोगनाइट, ब्ल्यूहक सीआई र कबवेब छन् ।

 

यी ४ इजरायली कम्पनीले साइबार जासुसीमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए ।

 

त्यस्तै, मेटाले उत्तरी मेसेडोनियाको साइट्रोक्स र भारतको बेलट्रोक्समाथि समेत प्रतिबन्ध लगाएको छ । नाम नखुलाइएको एक चिनियाँ साइबर कम्पनीमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

 

मेटाले भाडाका साइबर समूहद्वारा निगरानी गरिएका सयभन्दा बढी मुलुकका ५० हजार मानिसलाई सतर्क हुन समेत भनेको छ ।

 

मेटाका सुरक्षा नीति प्रमुख नाथानियल ग्लेइसरले मिडिया ब्रिफिङमा बोल्दै प्रतिबन्धित साइबर कम्पनीले अन्य ठूला कम्पनीको पक्षमा काम गरेको र मानिसलाई जथाभावी निशाना बनाएको बताए ।

 

मेटाका साइबर सुरक्षा अधिकारी डेभिड अग्रानोभिचले कदमबाट साइबर सेनाका समूहलाई ‘भाडामा लगाएर हुने निगरानी’ अवरुद्ध हुने बताएका छन् ।

 

यसैबीच, ‘साइबर मर्सिनरी’ समूहले अपराधी र आतंकवादीलाई मात्रै आफूले निशाना बनाएको दाबी गरेका छन् ।

 

तर मेटाले महिनौं लगाएर गरेको अनुसन्धानपछि पत्रकार, विमति राख्ने व्यक्ति, अधिनायकवादी सरकारका आलोचक, मानव अधिकारकर्मी एवं विपक्षी नेताका परिवारलाई अन्धाधुन्द निशाना बनाएको पाइएको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...