नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक २५औं वर्षमा प्रवेश
वि.सं.२०७८ मंसिर २९ बुधवार १३:२५
2K
shares
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)बैंक स्थपनाको २५औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।
बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको छ ।
२५औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकिङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए ।
कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गरे । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरे ।

समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुपर्ने बताए । यस्तै कम्पनीका संचालक इमान सिंह लामा र सुमन कुमारी जोशीले शुभकामना व्यक्त गरे ।
बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन् ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गगरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंकले २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुदै आएको छ ।
वि.सं.२०७८ मंसिर २९ बुधवार १३:२५




















