YouTube Link

मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश

Facebook Link

काठमाडौं:  मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । बैंकले ११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको हो ।

 

मेगा बैंक नेपाल लिमिटेड का अध्यक्ष भोजबहादुर शाहले राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, उत्पादनमूलक तथा रोजगारमूलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्ने बताउनु भयो ।

 

देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि  साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान सञ्चालन गर्न लागेको शाहले जानकारी दिनुभयो।

 

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारी र सरोकारवालाको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औँ वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताउनु भयो ।

 

कोभिड– १९ को विद्यमान अबस्थालाई मध्यनजर गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरुप ग्राहकहरुलाई लक्षित गर्ने योजना बनाएको खुञ्जेलीले बताउनु भयो ।

 

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको ११ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा वृहत वृद्धि भएको छ। देशको २८ औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्तापुँजीका हिसाबले छैटौँ स्थानमा छ। २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ।

 

मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १७८ शाखा सञ्जाल, १३७ वटा एटीएम, ३३ वटा एक्टेन्सन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आउँदैछन्।

 

यो पनी पढ्नुहोस् :

नर्भिक इन्टरनेशनल हस्पिटलले पञ्चवर्षीय रणनीति सार्वजनिक

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...