YouTube Link

अधिकांश बाणिज्य बैंकहरुले ऋणको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक

हाल बैंक तथा वित्तिय संस्थामा ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ

Facebook Link

काठमाडौं: अधिकांस बाणिज्य बैंकहरुले साउन १ गतेदेखि लागू हुने गरेर कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

 

बैंकहरुले कर्जा प्रवाह गर्ने भएकाले पनि धेरै बैंकको कर्जाको ब्याजदर घटाएको हो । हाल बैंक तथा वित्तिय संस्थामा ४७ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने ४१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएको छ । यसमा बाणिज्य बैंकको हिस्सा बढी छ ।

 

बाणिज्य बैंकहरुको मात्रै ४१ खर्व ८१ अर्ब रुपैयाँ निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंक

 

राष्ट्रिय वाणिज्य बैंकले साउन १ गतेदेखि लागू हुने गरेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दती निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुनेछ ।

 

त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले चैत महिनाको आधार दर ५.५०% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । बैंकले यसमा १% देखि ३% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने जनाएको छ । स्थिर कर्जाको लागि ९% देखि ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

कृषि विकास बैंक

 

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% देखि अधिकतम ५% सम्म ब्याजदर कायम गरेको छ ।

 

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.४८% छ । यसमा २% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ ।

 

नेपाल बैंक

 

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ५.९८% छ । यसमा १.५०% देखि ५% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर ब्याजको न्यूनतम ब्याजदर ९.३५% देखि १३.९३% सम्म छ ।

 

नबिल बैंक

 

नबिल बैंकले बचतमा न्यूनतम १.५१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१% ब्याज दिने भनेको छ । ३ महिनाको मुद्दतीको ब्याजदर ५.०१% निर्धारण गरेको छ ।

 

यता, बैंकको जेठ मसान्तसम्म बेस रेट ५.७१%  छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

 

ग्लोबल आइएमई बैंक

 

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७.०१% ब्याज निर्धारण गरेको छ । यो ब्याज १ वर्षमाथिको मुद्दतीका लागि हो ।

 

बैंकको चैत मसान्तसम्मको आधार दर ६.४०% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले ९.९९% देखि १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

कुमारी बैंक

 

कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६% देखि ७.६५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ ।

 

बैंकको जेठ महिनामा आधार दर ७.४०% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ ।

 

प्रभु बैंक

 

प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्युनतम ६.५०% र अधिकतम ७% सम्म ब्याजदर दिन्छ । बैंकको जेठसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्युनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

एनएमबि बैंक

 

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ ।

 

 

एनआइसी एसिया बैंक

 

साउन १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर २.५६% कायम गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेपमा ७.५६% सम्म ब्याज पाइनेछ । बैंकको जेठ मसान्तसम्मको आधार दर ६.७४% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर ऋण दिने बैंकले जनाएको छ ।

 

सेञ्चुरी कमर्सियल बैंक

 

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.३८% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको जनाएको छ ।

 

मेगा बैंक

 

मेगा बैंकले बचत खातामा न्यूनतम २.२५% देखि अधिकतम ३.५०% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.२५% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको जेठ महिनामा आधार दर ७.०१% छ ।

 

माछापुच्छ्रे बैंक

 

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको ब्याज ७.०५% निर्धारण गरेको छ ।

 

चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ ।

 

हिमालयन बैंक

 

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतीको न्यूनतम ब्याजदर ५% र अधिकतम ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

 

सनराइज बैंक

 

सनराइज बैंकले बचतमा न्यूनतम २.५७% देखि अधिकतम ४% सम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७.५०% ब्याज निर्धारण गरेको छ ।

 

जेठ मसान्तसम्मको बैंकको आधार दर ६.७२% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

सिटिजन्स बैंक

 

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३.१५% र अधिकतम ५.१५% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.६५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो ।

 

यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ७.५१% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि १०.५०% देखि १३% ब्याज दर निर्धारण गरेको जनाएको छ ।

 

सिद्धार्थ बैंक

 

सिद्धार्थ बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २.५% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।

 

यता, यसको जेठ महिनामा आधार दर ६.६९% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

बैंक आफ काठमाण्डू

 

बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतीको ब्याजदर हो । यता, बैंकको जेठ मसान्तसम्मको आधार दर ६.५६% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाइ छ ।

 

प्राइम कमर्सियल बैंक

 

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.७६% र न्यूनतम ७.५०% निर्धारण गरेको छ ।

 

चैत मसान्तसम्मको अधारदर ७.१४% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

एनसीसी बैंक

 

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ ।

 

चैत मसान्तसम्मको अधारदर ७.४१% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

नेपाल बंगलादेश बैंक

 

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.२५% निर्धारण गरेको छ ।

 

बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

 

लक्ष्मी बैंक

 

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ % देखि ६ महिनाभन्दा बढीको हकमा ७.५% ब्याज दिनेछ । बैंकको जेठसम्मको आधार दर ८.९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले लोन दिन्छ ।

 

एभरेष्ट बैंक

 

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ७% र न्यूनतम ६% तोकेको छ । जेठ मसान्तसम्म बैंकको आधार दर ५.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ ।

 

नेपाल एसबीआई बैंक

 

नेपाल एसबीआई बैंकले बचतको ब्याज ३.०१% तोकेको छ भने व्यक्तिगत मुद्दतीको अधिकतम ८% निर्धारण गरेको छ । यता, बैंकको जेठ मसान्तसम्मको बेस रेट ७.३८% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...