Texas College
YouTube Link

नेपालको कराँतेले दुई दशकभन्दा बढी समयदेखि सदस्यता नवीकरण गरेन

Facebook Link

काठमाडौंः नेपालको कराँते वल्र्ड कराते फेडेरेसन (डब्लूकेएफ) मातहतमा रहेको छ ।

 

फौजी संगठनमा मात्र सीमित नेपालको कराँते २०३८ साल देखि सर्वसाधारणको पहुँचमा पुगेयता नेपालमा कराँते खेलले व्यापकता पाउन थाल्यो ।

 

सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा सबैभन्दा धेरै पदक जितेर कीर्तिमान बनाउनु भन्दा अगाडि एसियाली तथा विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले आफ्नो प्रभाव विस्तार गरिसकेका थिए ।

 

नेपालको कराँते जति गर्विलो इतिहास छ त्यति नै नालायक नेतृत्व छ ।

 

अन्तर्राष्ट्रिय च्याम्पियनसिप देखि एसियाली खेलकुदसम्मको सहभागिता नेपालले डब्लूकेएफकै छातामा रहेर खेल्ने गर्छ र खेलिरहेको छ ।

 

तर नेपालले २३ वर्षदेखि डब्लूकेएफमा आफ्नो सदस्यता नवीकरण गरेको छैन ।

 

ओलम्पिक इतिहासमा पहिलोपल्ट आसन्न टोकियो ओलम्पिकमा कराते समावेश गरिएको छ ।

 

छनोट प्रतियोगितामा सहभागी हुन नपाएका नेपाली खेलाडीहरू वाइल्ड कार्डको प्रतीक्षामा छन् ।

 

नवीकरण नभएकै कारण नेपालले वाइल्ड कार्ड नपाउने हो कि भनेर चिन्ता सुरु भएको छ ।

 

प्रशिक्षक तथा दक्षिण एसियाली खेलकुदमा कराँतेबाट दुई स्वर्ण जितेका दीपक श्रेष्ठले सामाजिक सन्जालमार्फत डब्लूकेएफमा नवीकरण नभएकै कारण वाइल्ड कार्डको आस कमजोर हुन थालेको जनाउ दिएका थिए ।

 

नवीकरण शुल्क नबुझाउने खेल संघलाई वाइल्ड कार्ड दिनुपर्ने आधारमा शंका गरिएको थियो ।

 

यद्यपि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालले कराँतेमा भाग लिएको थियो ।

 

नेपाल कराँते महासंघ नै बेखबर

 

डब्लूकेएफमा कहिलेदेखि नवीकरण छैन भन्नेबारे नेपाल कराते महासंघलाई नै आधिकारिक जानकारी छैन ।

 

हरेक वर्षको नवीकरण शुल्क र समयमै नतिर्दाको जरिवाना थपिँदै जाँदा अहिले नेपालले तिनुपर्ने रकम ४५ हजार ५९ स्विस फ्य्रांक ५६ लाख रुपैयाँ भन्दा बढी छ ।

 

सन् १९९८ मा नै नेपालले डब्लूकेएफलाई तिर्नुपर्ने रकम ८ हजार ५ सय ४५ स्विस फ्य्रांक थियो ।

 

यसको अर्थ त्यो समय अगाडिका नेतृत्वले पनि नवीकरण गरेका रहेन छन् ।

 

त्यतिबेला वार्षिक १३ सय स्विस फ्य्रांक शुल्क थियो ।

 

नियमित नतिर्दा हरेक वर्ष १५ प्रतिशतको दरले जरिवाना लागेको छ ।

 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालको कराँते महासंघका अध्यक्ष रहेका पुरेन्द्रविक्रम लाखेले कान्तिपुरसँग भने, २०२१ को समेत शुल्क जोडेर हामीले डब्लूकेएफलाई ४५ हजार ५९ स्विस फ्य्रांक तिर्न बाँकी छ ।

 

अहिले नवीकरण शुल्क १५ सय स्विस फ्य्रांक छ हरेक वर्ष  ५ सय जरिवाना पनि जोडिन् ।

 

२३ वर्षसम्म  नवीकरण हुन नसक्नुको कारण के हो ?

 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखेको तर्क छ ।

 

‘जसले तिर्छु भनेर पैसा लिएका थिए, उनीहरूले तिरेन्न ।’

 

नेपालमा अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यताप्राप्त कराते महासंघको विवाद सुरु भएको एक दशक हुन लाग्यो ।

 

त्यो भन्दा अगाडि पनि जिम्मेवार व्यक्तिहरूले रकम फर्स्योट नगरेको लाखेको आरोप छ ।

 

उनी अध्यक्ष बन्नुअधि शरदसिंह भण्डारी, थानेश्वर राई लगायतले कराते महासंघको नेतृत्व लिएका थिए ।

 

कराते महासंघको विवाद सुरु हुनु भन्दा अगाडिसम्म म नेतृत्वमा थिइन ।

 

त्यसैले नवीकरण शुल्क कसरी तिरिएन भन्नेबारे भन्न सक्दिनँ ।

 

अध्यक्ष लाखेले भने, ‘हामी नेतृत्वमा आएलगत्तै राखेपले राष्ट्रिय मान्यताको अर्को महासंघ बनाइदियो ।

 

राष्ट्रिय मान्यता प्राप्त महासंघका केही पदाधिकारी राखेपबाट आउने अनुदान रकम नवीकरण गर्न पैसा छुट्याउने ।

 

तर तिर्नुपर्ने ठाउँमा नपुर्याउने जस्ता गैरजिम्मेवारी काम भए ।

 

अध्यक्ष लाखेले वार्षिक नवीकरण शुल्क नबुझाउनुको विकल्प नरहेको पनि प्रस्ट पारे ।

 

हामीले ५६ लाखभन्दा बढी तिर्नु पर्ने भएको छ ।

 

यसबारे सबैलाई जानकारी गराएको छु ।

 

अहिलेसम्म डब्लूकेएफले हामीलाई ‘रेड लिस्ट’ मा राखेको छैन ।

 

यदि निलम्बनसम्मको कारबाही गर्यो भने पैसा तिरे पनि पाँच वर्षसम्म कुनै पनि आधिकारिक प्रतियोगितामा सहभागी हुन दिँदैन।

 

पैसा नतिरेकै कारण महासंघलाई खारेज नगर्ने उनको दाबी छ ।

 

अध्यक्ष लाखेले नवीकरण बक्यौता चुक्ताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयमा जानकारी गराउँदा आफू आजित भएको बताए ।

 

सबै रकम हामीले एकैपल्ट बुझाउन सक्दैनौं भने किस्ता किस्तामा बुझाउन सक्छौं ।

 

यसरी नतिर्दै जाने हो भने चाहिँ जुनसुकै बेला निलम्बनमा पर्न सक्छौं, उनले कान्तिपुरसँग भने ।

 

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले भने कुनै पनि राष्ट्रिय खेल संघलाई उनीहरूको अन्तर्राष्ट्रिय फेडेरेसनमा नवीकरण गराउन राखेपले बजेट नछुट्याउने प्रस्ट पारे ।

 

‘सम्बन्धित खेलको अन्तर्राष्ट्रिय फेडेरेसनमा नवीकरण गर्ने, नगर्ने कुरा राखेपको क्षेत्राधिकारमा पर्दैन ।

 

मसँग कराते महासंघको आर्थिक सहयोगको माग सहितको पत्र डेढ महिनाअघि आएको थियो ।

 

मैले फाइल मन्त्रालय पठाएको छु, सदस्य सचिव सिलवालले भने ।

 

राखेपले नै गठन गरेको विवाद समाधान उपसमितिले २०७५ फागुनमा तीन महिनाभित्र निर्वाचन गर्ने गरी शम्भु आचार्यको संयोजकत्वमा करातेको तदर्थ समिति गठन गरेको थियो ।

 

समितिले तीन महिनाभित्र निर्वाचन गर्न असमर्थ रह्यो ।

 

त्यसपछि १३ औं दक्षिण एसियाली खेलकुद नजिक आएकाले राखेपकै निर्देशनमा निर्वाचन १३ औं सागपछि गर्ने भनियो ।

 

साग लगत्तै कोरोना भाइरस महामारी सुरु हुँदा २ वर्षभन्दा बढी समय भइसक्दा पनि करातेको सार्थक एकीकरण भएको छैन ।

 

राष्ट्रिय मान्यता प्राप्त महासंघका अध्यक्ष दावा गुरुङले भने नेपाल ओलम्पिक कमिटी मार्फत डब्लूकेएफमा पुगेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटी नै नवीकरण नगराउनुको जिम्मेवार रहने दाबी गरे ।

 

हामीलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता छैन ।

 

मान्यता नभएको महासंघले नवीकरण गर्छु भनेर पनि नहुने रहेछ, गुरुङले भने ।

 

‘वाइल्ड कार्डको प्रक्रिया छुट्टै’

 

अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष लाखे बाहिर हल्ला गरिए जस्तो डब्लूकेएफमा नभएको नवीकरणकै कारण टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्तिमा प्रभावित नहुने बताउँछन् ।

 

हाम्रा प्रशिक्षक साथीहरूले नै यसबारे भ्रम फैलाइरहेको देख्दा मलाई अचम्म लागेको छ ।

 

लाखेले भने: ‘हामीले ओलम्पिकमा वाइल्ड कार्ड पाउने विषय डब्लूकेएफमा नवीकरण नगरिएकोसँग सम्बन्धित  छैन । त्यसको छुट्टै प्रक्रिया हुन्छ ।

 

म आफैं ऐतिहासिक ओलम्पिकमा नेपालको सहभागिता सुनिश्चित गर्न प्रयासरत छु ।

 

ओलम्पिकको शताब्दी लामो इतिहासमा कराते खेल समावेश भएको पहिलोपल्ट हो ।

 

छनोट प्रतियोगिताबाट सम्भव नभएपछि वाइल्ड कार्डको तयारीमा रहेका खेलाडी र प्रशिक्षकहरू ऐतिहासिक अवसरबाट वञ्चित हुनेमा सशंकित छन् ।

 

अध्यक्ष लाखेले अन्तर्राष्ट्रिय रूपमा संघ बेइमान देखिए पनि खेलाडीको अवसर र अधिकार खोसिन नदिने प्रतिवद्धता जनाए ।

 

लामो समयदेखि महासंघ नवीकरण नभए पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी वञ्चित भएका छैनन् । ओलम्पिकमा पनि त्यस्तो हुँदैन: उनले थपे ।

 

राष्ट्रिय मान्यताप्राप्त महासंघका तत्कालीन अध्यक्ष दावा गुरुङले पनि ओलम्पिक सहभागिताका लागि फेडेरेसनको नवीकरणले कुनै समस्या नहुने दाबी गरे ।

 

एकीकरण पछि नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय कराते फेडेरेसनमा अपटेड नगरिदिएको पनि बताए।

 

ओलम्पिक कमिटीले निर्वाचन पछि अपटेड सहितको जानकारी दिने भनेको थियो । अहिलेसम्म चुनाव नै हुन सकेन: उनले भने ।

 

ओलम्पिकको तयारीका लागि करातेबाट अनु अधिकारी र नवीन रसाइली वाइल्ड कार्डको आसमा प्रशिक्षणरत छन् ।

विश्व वरीयतामा अंक नपुगेका कारण उनीहरू छनोट प्रतियोगितामा भने सहभागी हुन पाउँदैनन् ।

 

उनीहरूलाई सागका स्वर्ण विजेता प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराइरहेका छन् ।

 

राम्रो सम्भावना, प्रतिभा र लोकप्रियता हुँदाहुँदै पनि ओलम्पिकमा छनोट हुन नसकेका खेलाडी र सम्बन्धित देशलाई खेलकुदको महामेलामा समेट्न वाइल्ड कार्डको व्यवस्था गरिएको हुन्छ ।

 

टोकियो ओलम्पिकमा कराते खेलका लागि विश्वभरबाट २ पुरुष र २ महिला खेलाडीको कोटा छुट्याइएको छ ।

 

उक्त कोटा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ओलम्पिक आयोजक देश र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको समन्वयमा वितरण गरिन्छ ।

 

लामो समयदेखि नवीकरण नभएको देशका खेलाडीले वाइल्ड कार्ड नपाउने खतरा रहेकोतर्फ प्रशिक्षक श्रेष्ठले सजग गराएका थिए ।

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...