ग्लोबल आइएमई बैंकले बाल अस्पताल निर्माणका लागि सहयोग
वि.सं.२०७८ वैशाख २४ शुक्रवार २०:२८
2.1K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले बाल अस्पतालको भवन निर्माणका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई उक्त सहयोग प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइराला बीच ग्लोबल आइएमई बैंकले बाल अस्पतालको भवन निर्माणका लागिआर्थिक सहयोग प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
ग्लोबल आइएमई बैंकले स्थापनादेखि नै सामाजिक हितका कार्यलाई विशेष जोड दिएर अगाडि बढेको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भयो ।
इन्स्टिच्युटका अध्यक्ष डा.कोइरालाले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंको बूढानीलकण्ठमा बहुविशिष्टिकृत अस्पतालको निर्माण गर्न गइरहेको बताउनु भयो ।
यो पनि पढ्नुहोस् :
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश
वि.सं.२०७८ वैशाख २४ शुक्रवार २०:२८



















