YouTube Link

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको भर्चुअल माध्यमबाट बैठक सम्पन्न, यस्ता छन् ७ निर्णयहरु

Facebook Link

काठमाडौं: नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्ष सूर्य सूवेदीको अध्यक्षतामा पहिलो भर्चुअल ‘जुम’ माध्यमबाट बैठक बसेको छ ।

 

बैठकले कोरोना महामारीको यो जोखिमको समयमा पनि उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएका काठमाडौं शाखामा आबद्ध १० जना पत्रकारहरु अहिले संक्रमित भएर विभिन्न अस्पताल तथा होम हाइसोलेसनमा रहेको अवस्थामा उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै निम्न निर्णयहरु गरेको छ ।

 

शाखाले गरेको निर्णयहरु

 

१) अध्यक्ष सूर्य सुवेदीको संयोजकत्वमा कोभिडको जोखिममा परेका पत्रकारहरुको सहयोग र भइपरी आउने अवस्थाको तयारी र समन्वयका लागि सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल, कोषाध्यक्ष अजित अधिकारीसहित सदस्यहरु कृष्णराज गौतम, रमेश बोहोरा र शैलेश डंगोल रहने गरी सात सदस्सीय ‘टास्क फोर्स’ गठन गर्ने तथा शाखाले उपत्यका प्रदेशसँग समन्वय गरि संयुक्त कार्य योजना बनाइ महामारी बिरुद्ध अभियान चाल्ने निर्णय गरियो ।

 

२) कोभिडको संक्रमणमा परेका शाखा आबद्ध सदस्यहरुको संख्या र अवस्था, अस्पतालमा रहेका र होम आइसोलेसनमा रहेका सदस्यहरुको अवस्था र समस्या पहिचान गरेर ५ दिनभित्र सुझाव पेश गर्ने गरी उपाध्यक्ष रामचन्द्र दुलालको संयोजकत्वमा, उपाध्यक्ष अप्सरा गौतम र कार्यसमिति सदस्य सुबास मुखिया सुनुवार सदस्य रहने गरी समस्या पहिचान समिति बनाउने निर्णय गरियो ।

 

३) सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्ने साथै कोरोनाको बहानामा जबरजस्ती निष्काशन नगर्न र बिदामा नराख्न आग्रह गर्ने तथा महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराइए, निष्काशित वा बिदामा राखिएको पाइएमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र उपत्यका प्रदेश समितिसँग समन्वयमा त्यस्ता संचार गृहका बिरुद्ध आन्दोलनमा जाने निर्णय गरियो ।

 

४) नेपाल पत्रकार महासंघ काठमाडौं शाखा आबद्ध सदस्यहरुको यस वर्षको नवीकरण शूल्कबाट जिल्ला शाखालाई प्राप्त हुने रकम नलिने र कोरोना महाव्याधीका कारण नविकरण शूल्क समेत मिनाहाका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरियो ।

 

५) फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग आग्रह गर्ने निणर्य गरियो ।

 

६) श्रमजीवि पत्रकारहरुलाई राहत र सहुलियतको व्यवस्था गर्नुका साथै सर्वसाधरणलाई सुसूचित गराइरहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन, विद्युत जस्ता अत्यावश्यक विषयमा सहुलियत दिन माग गर्ने निर्णय गरियो ।

 

७) कोरोना संक्रमणमा परेका शाखा आबद्ध सदस्य ज्यूहरुलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै संकटको यो घडीमा सकेसम्म संचारका विभिन्न माध्यमहरु प्रयोग गरी सूचना लिन र सावधानी पूर्वक सुरक्षा अपनाउँदै समाचार संकलन गर्न आग्रह गर्ने निर्णय गरियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...