YouTube Link

ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक

Facebook Link

काठमाडौं:  ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक गरेको छ। ए सिरिजको डिजाइन प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भन्ने सोचका साथ सार्वजनिक गरिएको हो।

 

ए ५४ मा रहेको ठूलो ब्याट्री र फास्ट चार्जिङले दिनभर ब्याट्रीको कुनै चिन्ता बिना फोन प्रयोग गर्ने मौका प्रदान गर्छ।  ६.५१-ईञ्च पञ्च-होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त सञ्चय क्षमताका लागि १२८जीबी रोमको ब्यवस्था गरिएको छ।

 

ओपो ए५४मा जडित ५०००एमएएच क्षमताको ब्याट्रीलाई एकपटक पूर्णरुपमा चार्ज गर्दा यसको प्रयोग २.२ दिनका लागि प्रयोग गर्न सकिन्छ वा १९.९ घण्टा यूट्यूब भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ वा २३ घण्टा ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ।

 

४जीबी र्याम र १२८जीबी रोम सहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन्।

 

फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग गरिएको छ।

 

एलसीडी डिस्प्लेद्वारा सञ्चारित एचडी+ स्क्रिनले आँखालाई तनाव रहित फ्लिकर फ्रि दृश्यानुभव न्यून ब्राइटनेसका साथ प्रदान गर्छ। यसमा ८९.२% स्क्रिन-टू-बडी रेसियो र सानो एपर्चरका लागि सिंगल पञ्च-होल डिस्प्लेको प्रयोग गरिएको छ।

 

ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोटका साथै हरेक पटकमा प्रेशित हुने उत्कृष्ट शट्सलाई पनि लिन सकिन्छ।  ए५४को वजन १९२ग्राम र मोटाई जम्मा ८.४एमएम छ।

 

फोनमा अनलकिङका लागि फेस रिकग्निसनका साथै साइड फिंगरप्रिन्ट अनलक प्रविधिपनि उपलब्ध गरिएका छन्। ए५४मा प्रायः हाई एन्ड फोनहरुमा मात्र उपलब्ध हुने क्यामेरा लेआउटमा तीन ओटा क्यामेराको समायोजन गरिएको छ।

 

ए५४मा एआई ब्यूटिफिशेन सुविधा सहितको १६एमपी फ्रण्ट क्यामेरा जडान गरिएको छ। फोनको रियर क्यामेराले ९०एफपीएसमा ७२०पीको स्लो-मो भिडियो खिच्ने सुविधा प्रदान गर्छ।

 

ओपोले नेपालमा आजैका मितिबाट ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ। ४जीबी र्याम र १२८जीबी रोम सुुसज्जित ओपो ए५४को मूल्य रु. २५ हजार ९ सय ९० निर्धारण गरिएको छ।

 

यो पनि पढ्नुहोस् :

सनराइज बैंकले ताप्लेजुङ्गमा शाखारहित बैंकिङ् सेवाको सुरुवात

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...