मारुती सुजुकी बेस्ट सेलिङ कारमा आफ्नो दबाब राख्न कायम
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:४८
1.8K
shares
काठमाडौं: मारुती सुजुकी इन्डियाले बेस्ट सेलिङ कारमा एकपटक फेरि आफ्नो दबाब कायम राखेको छ । पछिल्लो १ वर्षको अवधिमा टप ५ सेलिङ कारमा मारुतीका विभिन्न मोडल समावेश भएका छन्।
यो एक वर्षको अवधिमा मारुतीको स्विफ्ट, बलेनो, बेगनआर, अल्टो र डिजार बिक्रीका हिसाबले टप ५ सेलिङ कारमा परेका छन् । लगातार चौथोपटक टप ५ सेलिङ कारमा मारुती सुजुकीका मोडलहरु पर्न सफल भएका हुन् ।
मारुती सुजुकी कम्पनीका अनुसार १ वर्षको अवधिमा १.७२ लाख युनिट बिक्रीका साथ स्विफ्ट अग्रस्थानमा पर्न सफल भएको छ । १.६३ लाख युनिट बिक्रीका साथ कम्पनीको बेलेनो कार दोस्रो स्थानमा छ भने १.६० लाख युनिट बिक्रीका साथ बेगनआर तेस्रो स्थानमा रहेको छ ।
यसैगरी चौथो स्थानमा १.५९ लाख युनिट बिक्री भएको अल्टो र १.२८ लाख युनिट बिक्रीका साथ डिजायर पाँचौँ स्थानमा पर्न सफल भएको छ । कम्पनीले गत मार्चमा मात्रै १ लाख ६७ हजार बढी युनिट कार बिक्री गरेको छ। यो गत वर्षको यही अवधिको तुलनामा दोब्बर रहेको कम्पनीले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
ओपोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन ओपो ए५४ सार्वजनिक
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:४८



















