Rajshow Bivag

नबिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर तिर्यो

Departmant of helth services

काठमाडौं:  नबिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई सम्मान गरेको हो ।

 

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । नबिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर तिर्यो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

 

समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा बैंकले गर्व महसुस गरेको जनाएको छ । पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो ।

 

बैंकले व्यापार प्रवर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । नबिलले बैंकले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो ।

 

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।बैंकले स्थापना भएदेखि हालसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो ।

 

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ ।

 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ् क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ् विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

यो पनि पढ्नुहोस् :

आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको ताजा प्रक्षेपण

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार आवश्यकः अर्थमन्त्री वर्षमान पुन

वि.सं.२०८० चैत ७ बुधवार ०८:५२

  काठमाडौं: पूर्वाधार र रोजगारी सिर्जनाका क्षेत्रमा कोषको लगानी विस्तार...

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले तोके नयाँ ब्याजदर

वि.सं.२०८० चैत १ बिहीवार ०७:४२

  काठमाडौं: चैत महिनाका लागि बैंक तथा वित्तीय संस्थाले नयाँ...

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

वि.सं.२०८० माघ २३ मंगलवार १४:४२

  काठमाडौं: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको...

राष्ट्रिय वाणिज्य बैंक ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश

राष्ट्रिय वाणिज्य बैंक ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश

वि.सं.२०८० माघ ११ बिहीवार १६:२५

  काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा...

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना

वि.सं.२०८० माघ ७ आइतवार १६:१९

  काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरू...

कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि

कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले वृद्धि

वि.सं.२०८० माघ ४ बिहीवार १२:०८

  काठमाडौं: कामना सेवा विकास बैंकको खुद नाफा दोहोरो अंकले...