YouTube Link

नबिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर तिर्यो

Facebook Link

काठमाडौं:  नबिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई सम्मान गरेको हो ।

 

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढि कर्पोरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । नबिल बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर तिर्यो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

 

समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा बैंकले गर्व महसुस गरेको जनाएको छ । पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा यो पाँचौ पटक हो ।

 

बैंकले व्यापार प्रवर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ । नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । नबिलले बैंकले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो ।

 

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।बैंकले स्थापना भएदेखि हालसम्म १८ सय ७५ प्रतिशत लाभांश वितरण गरेको हो ।

 

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ ।

 

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ् क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ् विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

 

यो पनि पढ्नुहोस् :

आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने विश्व बैंकको ताजा प्रक्षेपण

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...