माछापुच्छ्रे बैंकले २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण
वि.सं.२०७७ चैत १३ शुक्रवार ११:३२
1.3K
shares
काठमाडौं: माछापुच्छ्रे बैंकले वीरगञ्जस्थित मीनाबजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकको वीरगञ्ज शाखाले वीरगञ्ज तरकारी तथा फलफूल बजारका व्यवसायीलाई कोड हस्तान्तरण गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी र राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा.राजनकृष्ण पन्तले तरकारी पसलमा किनमेल गर्दै क्यूआर कोडमार्फत भुक्तानी गर्नु भएको हो।
कार्यक्रममा महानगरप्रमुख सरावगीले कोरोना महामारीको त्रास अझै केही वर्ष रहने हुँदा नगद कारोबारबाट हुन सक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न क्यूआर कोडमार्फत हुने भुक्तानी सेवाले सहयोग पुर्याउने बताउनु भयो ।
राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले बढ्दो स्मार्ट फोनको प्रयोग, वित्तीय साक्षरता, विस्तारित वित्तीय पहुँचका कारण नेपालमा क्यूआर कोड भुक्तानी प्रणालीको सम्भावना अधिक रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यावसायिक अधिकृत भरतकुमार लम्सालले व्यवसायीलाई खाता खोल्नेदेखि लिएर अन्य कागजी प्रक्रियामा सहजता प्रदान गरिने जानकारी दिए ।
वि.सं.२०७७ चैत १३ शुक्रवार ११:३२




















